News Portal

  • राष्ट्रिय शिक्षा नीति पारित हुने

    २००४७ पटक

                                                                                                                                                                                                                                                अपडेट : राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केही विषयमा छलफल र संशोधन गर्नेगरी नीति पारित गरेको मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

    केही विषय संशोधन गर्नेगरी राष्ट्रिय शिक्षा नीति पारित

    काठमाडौं, २ भदौ । आज राष्ट्रिय शिक्षा नीति पारित हुने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकले शिक्षा नीति पारित गर्न लागेको हो ।

    शिक्षा मन्त्रालय स्रोतका अनुसार आइतबार नै शिक्षा नीति ल्याउने प्रयास भएको थियो । नेकपाको सचिवालय बैठकमा भएको ढिलाइका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन ।

    सोमवारको मन्त्रिपरिषद्को बैठकको कार्यसुचीमा शिक्षा नीति पनि रहेको स्रोतले दाबी गरेको छ । यसअघि डेढ महिना मन्त्रिपरिषद्कै सामाजिक समितिमा छलफल भएको नीतिको मस्यौदा केही दिन अघि मात्रै मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रिपरिषद्को सोमबारकै बैठकमा शिक्षा नीति पारित हुने जनाइएको छ ।

    स्रोतका अनुसार मन्त्रिपरिषद्मा पारितका लागि पुगेको शिक्षा नीतिको मस्यौदामा शिक्षण पेशाको स्तरीकरण गर्न शिक्षकको सुविधा अन्य सेवा भन्दा उच्च बनाउने, शिक्षण पेशामा मेधावी विद्यार्थीहरुलाई आकर्षित गर्ने लगायतका प्रस्ताव उल्लेख छ ।

    दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई आवश्यकताका आधारमा थप सुविधा दिने, विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण वा विशिष्टता प्राप्त गरेका मेधावी विद्यार्थीलाई शिक्षण पेशामा आकर्षित गर्न आवश्यक कानूनी व्यवस्था गर्ने, विद्यालय नेतृत्वको भूमिका सवलीकरण गर्न प्रधानाध्यापकको योग्यता, क्षमता र सुविधा वृद्धि गर्नुका साथै छनौट प्रक्रियालाई योग्यता प्रणालीमा आधारित एवम् पारदर्शी बनाउने नीतिमा व्यवस्था गरिएको छ ।

    अपडेट : सोमवार साझँ अबेर गरी शुरु भएको मन्त्रिपरीषद् बैठकमा शिक्षा नीति पारित हुन सकेन । श्रोतका अनुसार अर्को बैठकमा पारित गर्नेगरी यो विषय थाती राखी बैठक सकिएको छ ।  अर्को बैठक बुधवार बस्ने बताइएको छ ।

    यस्ताे छ प्रस्ताव गरिएको नयाँ शिक्षा नीति : यसमा केहि संशोधन गरि मंत्रिपरिसद्मा पेश भएको र स्वीकृत हुनासाथ संशोधन सहितको शिक्षा नीति प्रकाशन गरिनेछ । -सम्पादक

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...