News Portal

  • भक्तपुरमा कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न

    हिना सुवाल भक्तपुर, १९ भदौ
    १३६६ पटक
    भक्तपुर, १९ भदौ

    भक्तपुरमा कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न भएको छ । माउण्ट भ्याली सितेरियो कराँते डोजोको आयोजनामा भएको प्रभु दास स्मृति कप कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न भएको हो ।

    सम्पन्न प्रभुदास स्मृति कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधी भक्तपुर मेन डोजोले उचालेको छ । माउण्ट भ्याली ७ स्वर्ण, ४ रजत सहित भक्तपुर मेन डोजो प्रथम भएको हो भने ४ स्वर्ण ३ रजत सहित भक्तपुर नगरपालिका डोजो द्वितीय भयो भने ३ स्वर्ण र २ रजत सहित थिमी डोजो तृतिय भएको जानकारी प्राप्त भएको छ ।

    खेलकुदमा उत्कृष्ठ खेलाडी पुरुष तर्फ भक्तपुर नगरपालिका डोजोका विमल कुमार थापा र महिला तर्फ गोजिरियोकी प्रियान्सु लामा भएका छन् । यस्तै उदयमान खेलाडी झैखेल डोजोकी करिमा तामाङ र अनुसासित टिम डेमोस स्कुल भएका माउण्ट भ्याली स्कुलका प्रशिक्षक एवं एकेएफ रेफ्रि पृथ्वी बासुकलाले जानकारी दिए ।

    खेलकुदमा पदक जित्न सफल खेलाडीलाई मेडल र प्रमाणपत्र तथा टिम उत्कृष्ठलाई ट्रफि प्रदान गरिएको थियो । नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका भक्तपुर क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम सुवालले खेल र शिक्षालाई संगै जैजानुपर्नेमा जोड दिंदै विश्व विद्यालयको पढाईबाटै खेलको विकास गर्नु पर्ने बताए । खेल र खेलाडीका कारण देशको पनि इज्जत बढ्ने बताउदै सुवालले नीति नै बनाएर खेलको बिकाश गर्नुपर्ने आवश्यकता औल्याए ।

    कार्यक्रममा राखेपका सदस्य तथा सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङ, सोतोकानका प्रमुख प्रशिक्षक निवास बौद्य ,काराते महासंघका राष्ट्रिय रेफि संयोजक राजेन्द्र कपाली, भक्तपुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद ह्योमिखा, माउण्ट भ्याली स्कुलका प्रिन्सिपल प्रभात राज राई, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण नारायण डुमरु, प्रमुख प्रशिक्षक मिलन मदन उप्रेती लगायतले खेलको विकास नभएसम्म देशको पनि विकास नहुने जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...