News Portal

  • सबै नागरीकलाई सैनिक तालिम दिइनुपर्नेमा जोड

    भक्तपुर, ६ कात्तिक
    २२०७ पटक
    भक्तपुर, ६ कात्तिक

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबै नागरीकलाई सैनिक तालिम दिइनुपर्नेमा जोड दिएका छन् । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख प्रजापतिले नेमकिपाले पहिले देखि नै सैनिक तालिम माग गरेको स्मरण गर्दै यसको आवश्यकता औल्याएका हुन् ।

    बुधवार भक्तपुर-१ स्थित नवनिर्मित पाटी र शारीरिक व्यायाम स्थल उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुरमा समाजवाद उन्मुख व्यवस्था अनुसार नीति तथा कार्यक्रमलाई अगाडि बढाइएको जिकिर गर्दै सैनिक तालिमले जनतालाई देशप्रति बफादार बनाइराख्ने मात्र नभई हरेक नागरीकको स्वास्थ्यमा समेत यसले सकारात्मक प्रभाव पार्ने बताए ।

    उक्त अवसरमा उनले शारीरिक तथा मानसिक स्वास्थ्यको लागि व्यायामको महत्वबारे बताउदै शारीरिक व्यायाम र खेलकुद मानव जीवनको अभिन्न अंग भएको धारणा व्यक्त गरेका थिए । नगरपालिकाले प्रत्येक वडामा पर्याप्त व्यायाम सामाग्री सहितको ब्यायामस्थल स्थापना र संचालन गरिरहेको जानकारी दिंदै उनले यहि महिना नगरभित्रका विद्यालय स्तरीय खेलकुद प्रतियाेगिता समेत नगरपालिकाले आयोजना गर्ने जानकारी गराए ।

    उक्त अवसरमा नगरप्रमुख प्रजापतिले नःपली सेजनानगर सेवा समितिलाई शारीरिक व्यायाम सामाग्री समेत हस्तान्तरण गरेका थिए । उपभोक्ता समितिका कोषाध्यक्ष बाबुकाजी धौबन्जारले बताए अनुसार लागत इष्टिमेट ५९ लाख ९० हजार रुपियाँ रहेको नवनिर्मित पाटी र व्यायाम स्थल कूल रु ५२ लाख ३७ हजार खर्चमा तयार भएको हो ।

    वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा पूर्व वडाध्यक्ष लक्ष्मीनारायण राजलवत,नवनिर्मित पाटी उपभोक्ता समितिका अध्यक्ष गणेशभक्त कोजु लगायतले मन्तब्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...