News Portal

  • भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आइतवारदेखि : सरसफाई सम्पन्न

    भक्तपुर, १५ कात्तिक
    २०१६ पटक
    भक्तपुर, १५ कात्तिक

    भक्तपुर नगरपालिकाको आयोजनामा आइतवारबाट शुरु हुने खेलकुद प्रतियोगिताका लागि खेल मैदान सरसफाई गरिएको छ । भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिताका लागि शुक्रवार मैदान सरसफाई गरिएको हो ।

    कार्तिक १७ देखि २३ गते सम्म हुन गईरहेको भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने स्थलहरु मध्येको वडा नम्बर १ स्थित सिद्धपोखरीको उत्तरपट्टिको खेल मैदान सरसफाई कार्यक्रम शुक्रबार सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।

    सरसफाई कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, शिक्षक र खेलप्रेमीहरु लगायत सहभागी रहेका थिए । सरसफाई कार्यक्रम लाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले खेलकुद प्रतियोगितालाई खेलकुदलाई महोत्सवको रुपमा मनाइनुपर्ने बताइन । शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुदको ठुलो महत्व रहेको भन्दै उपप्रमुख जोशीले भक्तपुरलाई खेलकुदका माध्यमबाट पनि परिचित गराउन यस्ता प्रतियोगिताहरुको आवश्यकता औल्याइन् ।

    उक्त कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व,वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा नं. १ का पूर्व वडाध्यक्ष लक्ष्मीनारायण राजलवट लगायतले शिक्षा र खेलकुदलाई संगसंगै जोडेर लैजानुपर्नेमा जोड दिएका थिए ।

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको प्रमुख आतिथ्यतामा आइतवारदेखि शुरु हुने उक्त खेलकुद प्रतियोगिता कात्तिक २३ गते सम्म संचालन हुने नगरपालिकाले जानकारी गराएको छ । प्रतियोगितामा १४ विधामा नगर भित्रका विद्यालयहरुले प्रतिस्पर्धा गर्नेछन् ।

    भक्तपुर नगरपालिका भित्रका विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको आइतवार विहान ७ बजे उद्घाटन र्याली हुने बताउदै र्यालीमा सहभागी हुनका लागि समेत नगरपालिकाले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...