News Portal

  • भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताकाे मंगलबारसम्मकाे नतिजा हेर्नुस्

    भक्तपुर, २० कात्तिक
    १८४२ पटक
    भक्तपुर, २० कात्तिक

    भक्तपुर नगरपालिकाद्वारा आयोजित नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न कसिमला पाँय् र एथलेटिक्स प्रतियोगिताको अन्तिम नतिजा प्राप्त भएको छ ।

    कार्तिक १८ र १९ गते सम्पन्न नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको खेलहरुमध्ये कक्षा ६ र ७ का छात्र तर्फको कसिमला पाँय् प्रतियोगितामा इसन सुकुपायो (बालविकास ई. स्कूल) –प्रथम, यूनिश देशेमरु (हिमालयन ग्लोरी स्कूल)–द्वितीय, बसन्त घिसि· (शारदा मा.वि.)– तृतीय र रुकेश सुलु (स्कलर्स होम स्कूल)ले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

    त्यसैगरी छात्रा तर्फको ६ र ७ सम्मको कसिमला पाँय् प्रतियोगितामा सोफी दुवाल (तारा मा.वि.)– प्रथम, मनिषा खत्री (सरस्वती विद्यागृह) –द्वितीय, आयुषा जति (बाल विकास स्कूल)–तृतीय र श्रृया मानन्धरले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

    कार्तिक १९ गतेसम्म सञ्चालित एथलेटिक्स प्रतियोगिताको १०० मि. दौड छात्र तर्फ सन्तोष विष्ट (सैनिक आवसीय मा.वि.)–प्रथम, विशाल पटेल (सनसाइन ई.स्कूल)–द्वितीय र सुजन प्रजापति(बागेश्वरी मा.वि.)–तृतीय भएका छन् भने १०० मि. दौड छात्रातर्फ स्वागता खाइजु (जेसिज् मा.वि.)–प्रथम, सरिना ध्वजु (नविन मा.वि.)–द्वितीय र सुमिना शिल्पकार(वाइजल्याण्ड इ.स्कूल) तृतीय भएका छन् ।
    त्यसैगरी एथलेटिक्स प्रतियोगिताको २०० मि. दौड छात्र तर्फ रोसन पहरी (सैनिक आवसीय मा.वि.)–प्रथम, प्रविना निरौला (सूर्यविनायक ई.स्कूल)–द्वितीय र सुरेन्द्र परियार(सैनिक आ. मा.वि.)–तृतीय भएका छन् भने २०० मि. दौड छात्रा तर्फ अपेक्षा कार्की (सैनिक आ.मा.वि.)–प्रथम, अन्जली घिसिङ (गणेश मा.वि.)–द्वितीय र गंगा थापा (सैनिक आ.मा.वि.) तृतीय भएका छन् ।

    ४०० मि. दौड छात्र तर्पm विजय अधिकारी (सैनिक आ. मा.वि.) –प्रथम, विश्वराम कुँवर (गणेश मा.वि.)–द्वितीय र सन्जन सैंजु (समाज सुधार मा.वि.)–तृतीय भएका छन् भने ४०० मि. दौड छात्रातर्फ उर्जा मधिकर्मी (जेसिज् मा.वि.)–प्रथम, निशा ब्लोन (गणेश मा.वि.)–द्वितीय र रेष्तिना सितिखु (जेसिज् मा.वि.) तृतीय भएका छन् ।

    १५०० मि. दौड छात्र तर्पmट नविन गुरुङ (शारदा मा.वि.) –प्रथम, नविन्द्र गुरुङ (सैनिक आ. मा.वि.)–द्वितीय र विश्वराम कुँवर (गणेश मा.वि.)–तृतीय भएका छन् भने १५०० मि. दौड छात्रातर्फ रेष्टिना सितिखु (जेसिज् मा.वि.)–प्रथम, निशा ब्लोन (गणेश मा.वि.)–द्वितीय र स्वस्तिका कर्माचार्य (जेसिज् मा.वि.) तृतीय भएका छन् ।

    अर्को सटपुट प्रतियोगिता छात्रतर्फ दिवस विक्रम साही(प्रभात ई.स्कूल)–प्रथम, राजु थापामगर (वागेश्वरी मा.वि.)–द्वितीय र अजूृन मानन्धर(बालविकास ई.स्कूल)–तृतीय भए भने सटपुट प्रतियोगिता छात्रा तर्फ सुजता खत्री(सनसाइन ई.स्कूल)–प्रथम, कविता डाँगी (वाइजल्याण्ड ई स्कूल)–द्वितीय र उर्जा मधिकर्मी (जेसिज् ई.स्कूल)–तृतीय भएका छन् ।

    ज्याभलिङ छात्र तर्पmको प्रतियोगितामा सुजन प्रजापति(वागेश्वरी मा.वि.)–प्रथम, विसाल ब्यँजु (जेसिज् मा.वि.)–द्वितीय र प्रकाश घर्तीमगर(वाइजल्याण्ड ई. स्कूल)–तूतीय भए भने ज्याभलि· छात्रातर्पm सुमिना शिल्पकार (वाइजल्याण्ड से.स्कूल)–प्रथम, सुमिना थापा(बालविकास ई.स्कूल)–द्वितीय र स्वस्तिका कर्माचार्य (जेसिज् मा.वि.)–तृतीय भएका छन् ।

    अर्को विधा ट्रिपल जम्प छात्र तर्पm रोसन पहरी (सैनिक आ.मा.वि.) प्रथम, रमेश तामा· (डेमोस ई. स्कूल) द्वितीय र सोहन श्रेष्ठ (प्रभात ई. स्कूल) तृतीय भएका छन् भने ट्रिपल जम्प छात्रा तर्फ निशा ब्लोन (गणेश मा.वि.) प्रथम, स्वागता खाइजु (जेसिज् ई. स्कूल) द्वितीय र प्रियन्का धामी (प्रभात ई. स्कूल) तृतीय भएका छन् ।

    १०० मि. रिले दौड छात्रतर्फको प्रतियोगितामा क्रमशः सैनिक आ.मा.वि., जेसिज् मा.वि. र सनसाइन् ई. स्कूल प्रथम,द्वितीय र तृतीय हुन सफल भए भने १०० मि. रिले दौड छात्रा तर्फ जेसिज् मा.वि., सैनिक आ.मा.वि. र गणेश मा.वि.ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।

    उत्कृष्ट खेलाडीको उपाधी छात्रतर्फ रोसन पहरी (सैनिक आ.मा.वि.) र छात्रातर्फ स्वागता खाइजु (जेसिज् मा.वि.)ले प्राप्त गरे भने टिमतर्फ सैनिक आ.मा.वि., जेसिज् मा.वि. र गणेश मा.वि. क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका आयोजक भक्तपुर नगरपालिकाले जानकारी गराएको छ ।

    प्रतियोगितामा नगरपालिका भित्रका ७२ विद्यालयको सहभागिता रहेकाे नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक एवं वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुरपोस्टलाई बताए । प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक र कसिमला पाँय गरी १४ खेलका लागि प्रतिस्पर्धा रहेकाे बताइएकाे छ ।  प्रतियोगिता २३ गतेसम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...