News Portal

  • विमल घर्तीमगर सहित ४ खेलाडी बर्खास्तीमा

    ८६४ पटक

    नेपालका चर्चित राष्ट्रिय खेलाडीहरु अन्तराष्ट्रिय खेल अाउनुभन्दा केही दिन अगाडि बर्खास्तीमा परेका छन् । नेपाली फुटबलका चर्चित खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी बर्खास्तीमा परेका हुन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरुलाइृ बर्खास्त गरेकाे हाे । उनीहरुले अनुशासनहीन काम गरेको भन्दै एन्फाले राष्ट्रिय टिमबाट बर्खास्त गरेको हाे । उनीहरु चारै जना गए राति ठमेलका रात्री क्लबमा भेटिएपछि कारवाहीमा परेकाे एन्फाले जनाएकाे छ । चारै जना गएराति मध्यराति २ बजेसम्म नै ठमेलका क्लबमा भेटिएकाे पाइएपछि एन्फाले याे काम अनुशासनहीन काम भएकाे ठहर गरेकाे हाे ।

    बर्खास्तीमा पर्ने विमल घर्तीमगर स्टार फर्वार्ड हुन । त्यसैगरी अन्जन र सन्ताेष मिड फिल्डर हुन भने दिनेश राजवंशी डिफेन्डर हुन । एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो । विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्न छनाैट भएका नेपाली टिमका ४ खेलाडी बर्खास्त भएपछि अब के हुन्छ भन्ने धेरैले प्रश्न गरेका छन ।

    बर्खास्तीमा परेसँगै उनीहरु मंगलबार भुटानमा हुने विश्वकप छनाेट खेल खेल्न नपाउने भएका छन । नेपाली टिमले मंगलबार भुटानकाे थिम्पुमा प्रतिस्पर्धा गर्ने बताइएकाे छ । त्यसका लागि नेपाली टाेली शनिबार नै भुटान प्रस्थान गरेकाे छ ।

    चारजना खेलाडी बर्खास्त परेपछि उनीहरुकाे स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ। टाेलीले मंगलबार थिम्पुमा मंगलबार कुवेत विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

    दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको भन्दै एसियाली फुटबल महासंघले जनाएपछि नेपाली टिम घरेलु खेल भुटानमा खेल्न बाध्य भएको हो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...