News Portal

  • सागको उद्घाटन सम्पन्न

    भक्तपुर, १५ मङ्सिर
    ७६५ पटक
    भक्तपुर, १५ मङ्सिर

    काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्।

    साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै आतशबाजी र पटका पड्काएर थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो।

    समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ। समारोहमा सात हजार ५०० को संख्या रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्।

    समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालको नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइनेको थियो। मुलुकका सातै प्रदेश पुर्या‍एर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...