News Portal

  • चुनावी परिणामलाई लिएर अनावश्यक टिकाटिप्पणी नगर्न डीपीको अपिल

    १६९६ पटक

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तपुर जिल्ला कमिटी सचिव समेत रहेका प्रदेश सभा सदस्यका पराजित उम्मेदवार डीपी ढकालले चुनावी परिणामलाई लिएर अनावश्यक रुपमा सार्बजनिक टिकाटिप्पणी नगर्न अनुरोध गरेका छन् ।

    सामाजिक संजालमा उनको पराजयको विषयलाई लिएर आरोप प्रत्यारोप भैरहेपछि ढकालले सोमबार सामाजिक संजाल मार्फत नै अनावश्यक रुपमा सार्बजनिक टिकाटिप्पणी नगर्न अनुरोध गरेका हुन् ।”चुनावी परिणामलाई लिएर अनावश्यक रुपमा सार्बजनिक टिकाटिपणी नर्गनु हुन सबैलाइ हार्दिक अनुरोध गर्दछु ।” उनले भनेका छन् ।

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार रहेका ढकाल नेपाली काँग्रेसका कृष्णलाल भडेल संग पराजित बनेपछि आम निर्वाचनमा तत्कालिन बाम गठबन्धनका उम्मेदवार हरिशरण लामिछानेले जितेको यो क्षेत्र नेकपाले गुमाउन बाध्य बनेको छ । निर्वाचनमा पराजित बनेपनि ढकालले विजयी उम्मेदवारलाई बधाई दिनुका साथै आफ्ना मतादाताप्रति आभार ब्यक्त गरेका छन् । निर्वाचनमा परिचालित हुने सम्पूर्ण नेता कार्यकर्ता धन्यवाद दिंदै उनले भक्तपुरको बिकास र सम्बृद्धिको लागि सधै जनसमुदायको सुख दुःखको साथी भई आजिवन लागिपर्ने पुन प्रतिज्ञा समेत प्रकट गरिसकेका छन् ।

    तरपनि डीपीको पराजयलाई पार्टी एकतासंग जोडेर टिकाटिप्पणीहरु भैराखेको छ । उनी पूर्व माओबादी भएकै कारण पराजित हुनु परेको भन्दै पूर्व माओबादीहरु सामाजिक संजालमा असन्तुष्ट देखिएका छन् भने पूर्व एमालेहरु त्यसको बचाव गरिरहेका देखिन्छन ।

    जिल्ला पार्टीले हारको समिक्षा बैठक नराख्दा र आधिकारिक कुरा बाहिर नल्याउदा कार्यकर्ताहरु आआफ्नै तर्कवितर्क सार्वजनिक रुपमै अभिव्यक्त गरिरहेका छन् । यसले गर्दा देशव्यापीरुपमै आशंका बढ्नसक्ने एक जिल्ला नेता बताउछन ।

    कार्यकर्ता मात्र होइन, केन्द्रीय नेताहरु नै भक्तपुरको हारमा कोही पार्टी हारेको भनिरहेका छन् भने कोही व्यक्ति मात्र हारेको प्रतिक्रिया दिइरहेका छन् । भक्तपुरको पराजयलाई लिएर केन्द्रीय सदस्य समेत रहेका जिल्लाका एक प्रभावशाली नेताले एक अन्लाइन पोर्टललाई डीपी कार्यकर्ता माझ नभिजेका कारण चुनाव हारेको बताएका छन् भने अर्का केन्द्रीय सदस्यले सामाजिक संजालमा भनेका छन् ”नेकपाभित्र एउटा प्रवृति छ आफुलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने ! चुनावको परिणाममा यो प्रवृत्तिले पनि काम गरेको छ । जनमत त तलमाथि भइरहने विषय हो ।”त्यसैगरी अर्का एक केन्द्रीय सदस्यले भक्तपुरको मतपरिणाम ने क पा को लागि गंभीर शिक्षा भएको र डिपी ढकालले यस पराजयलाई व्यक्तिगत रुपमा मात्र लिनु पर्ने कुनै कारण नभएको बताएका छन् ।

    यो पनि

    ढल्यो भक्तपुरको कम्युनिष्ट किल्ला : काँग्रेसका भडेल भारी मतले बिजयी

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...