News Portal

  • माल्दिभ्सलाई पराजित गरेपछि नेपाल फाइनल पुग्ने पक्का : आइतवार बंगलादेश संग भिड्दै

    भक्तपुर, २१ मङ्सिर
    १०५४ पटक
    भक्तपुर, २१ मङ्सिर

    दक्षिण एसियाली खेलकुद ( साग ) को पुरुष फुटबल अन्तर्गत खेलमा नेपालले माल्दिभ्समाथि बिजय हात पारेको छ । नेपालले खेल इतिहास मै माल्दिभ्स बिरुद्ध ऐतिहासिक जीत निकाल्दै बिजय हासिल गरेको हो ।

    शनिवार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २-१ ले पछि पार्दै शानदार जीत निकाल्न सफल भएसंगै नेपाल अंक तालिकामा शिर्ष स्थानमा चढेको छ।

    माल्दिभ्सका इब्राहिमले खेलको १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका भए पनि खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै खेललाइ बराबरीमा ल्याइपुर्याएका थिए । दोश्रो हाफको ५२ औं मिनेटमा अनन्त तामाङ्गले गरेको गोल निर्णायक हुँदा नेपाल २-१ ले बिजयी बनन सफल भयो ।

    जित पछि नेपाल अंक तालिकामा ३ खेलमा ७ अंक सहित शिर्ष स्थानमा रहेको छ।

    नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो भने दोश्रोमा श्रीलंकासंग १-१ को बराबरी खेलेको थियो। अब नेपालले लिग चरणको अन्तिम खेल बंगलादेशसंग आइतबार खेल्नेछ।

    साग पुरुष फुटबलमा नेपाल सहित बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले सहभागिता जनाएका छन्। फुटबलमा भारत र पाकिस्तान दुवै असहभागी रहेका छन् । माल्दिभ्सलाई पराजित गरेपछि अब नेपालको फाइनल खेल्ने सम्भावना पक्का जस्तो भएको छ। अन्तिम खेलमा बंगलादेशसंग बराबरी खेले पनि नेपाल फाइनल प्रवेश गर्नेछ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...