News Portal

  • सागको फुटबलमा नेपाल फेरिपनि फ़ाइनलमा

    भक्तपुर, २२ मङ्सिर
    १०२५ पटक
    भक्तपुर, २२ मङ्सिर

    १३ औं दक्षिण एसियाली खेलकुद(साग) को पुरुष फुटबलमा नेपाल फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो ।

    आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपालका तर्फबाट ११ औं मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बनेपछि नेपाल फ़ाइनलम पुगेको छ । अंक तालिकामा माथि रहेको नेपाल बंगलादेश संग बराबरी खेलेपनि फाइनल खेल्ने पक्का भएको थियो ।

    जितपछि नेपालले ४ खेल खेल्दा १० अंक बटुल्यो भने भुटानको ९ अंक रहेको छ ।

    नेपाल र भुटानले मङ्सिर २४ गते मंगलबार फ़ाइनल खेल खेल्नेछन । यस अघि समूह चरणको खेलमा नेपालले ४-० ले पछि पार्दै भुटानलाई हारको स्वाद चखाइसकेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो भने दोश्रोमा श्रीलंकासंग १-१ को बराबरी खेलेको थियो भने माल्दिभ्सलाइ २-१ को अन्तरले हराएको थियो ।

    नेपालले यस अघि १२ औं सागमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...