News Portal

  • सनिलले दिलाए बक्सिङमा स्वर्ण

    १२६९ पटक

    सागको अन्तिम दिनमा नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भएका छन् । सनिलले बक्सिङ्गमा स्वर्ण दिलाए । उनको स्वर्ण संख्या संगै नेपालको स्वर्ण ५० पुगेको थियो । अन्तिम स्वर्ण भने फुटबलमा प्राप्त भएको हो ।

    ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए । यसअघि भुपेन्द्र थापामगर र मिनु गुरुंगले नेपाललाई स्वर्ण दिलाएका थिए । यस तौल समूहको काश्य भने श्रीलंकाका जिवन्थ निस्सन्का बामुनु अराचचील र बंगलादेशका सूरा कृष्णा चक्माले प्राप्त गरे।

    Sanil Shahi
    Sanil Shahi

    मंगलवार भएको अन्य बाउटमा भने भारतको नै दबदबा रह्यो । महिला ५१ केजीको खेलमा भारतीय बक्सर पिन्की रानीले नेपालकी माला राईलाई स्पिलिट डिसिजनको आधारमा हराउदै स्वर्ण पदक जितिन् । हारसंगै मालाले रजत पदक प्राप्त गरिन् । यस्तै पाकिस्तानकी रजिया बानो अजीज र श्रीलंकाकी कोसला निलमिनी अथावुदा अच्चिलागेले प्राप्त गरिन्।

    महिला ५७ केजीमा भारतकी सोनिया लाथेरले श्रीलंकाकी क्रिस्मि अयोमा दुलान्ज लंकापूरायालागेलाई अंकको आधारमा हराउँदै स्वर्ण जितिन । यस तौलमा पाकिस्तानकी मेहरीन र नेपालकी चन्द्रकला थापाले काश्य हात पारिन । महिला ६४ केजीमा नेपालका पूनम रावल पनि भारतकी मञ्जु बम्बोरियासंग पराजित हुदै रजतमा सिमित भईन् । भारतकी मञ्जु बम्बोरियाले भने स्वर्ण चुमिन् । यस तौलमा पाकिस्तानकी परभीनले भने काश्य हात पारिन् ।

    Sanil Shahi

    यसैगरी पुरुष ५२ केजीको फाइनलमा भारतका स्पर्श कुमारले पाकिस्तानका सईद मुहमद आसिफलाई स्पिलिट डिसिजनको आधारमा हराउँदै स्वर्ण जिते । यसै समूहको काश्य पदक भने नेपालका तेजबहादुर देउबा र श्रीलंकाका लासिन्दु इरान्डा कुदाभीथानागेले प्राप्त गरे ।

    पुरुष ६९ केजीमा पनि भारतकै कृषन भिकासले पाकिस्तानका गुल जाइबलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण जिते । यस तौलको काश्य भने नेपालका विकास लामा र बंगलादेशका अब्दुर रहीम मोहमदले हात पारे ।

    यसैगरी पुरुष ८१ केजी तौल समूहमा नेपालका गणेश प्रधान रजतमा सिमित भए । गणेशलाई स्पिलिट डिसिजनको आधारमा हराउंदै श्रीलंकाका रोमेश सान्डाकेलूम वान्नी अराचचिगेलाई स्वर्ण हात पारे । यो तौल समूहको काश्य भने पाकिस्तानका अवाइस अली खान र भारतका सचिन कुमारको पोल्टामा प¥यो ।

    पुरुष ९१ केजीभन्दा माथिको भिडन्तमा भने भारतका नरेन्दरसँग अंकको आधारमा पराजित हुँदै नेपालका आशिष दुवादीले रजत प्राप्त गरे । यस समूहको काश्य पदक भने श्रीलंकाका बुवानेका ईरान्डा अड्डू राकाराम रल्लागेले प्राप्त गरे ।

    १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बक्सिङमा नेपाली खेलाडी सनिल शाहीले स्वर्ण पदक दिलाएका छन्।

    पुरुष ६० केजी तौल समुहमा सनिलले स्वर्ण जित्ने क्रममा भारतका विरेन्दर सिंहलाई पराजित गरेका हुन्। सनिलको स्वर्णसंगै नेपालले सागको स्वर्ण संख्या ५० पुर्याएको थियो।

    बक्सिङमा सोमबार नेपालका मिनु गुरुंग र भुपेन्द्र थापा मगरले स्वर्ण दिलाएका थिए। २० वर्ष पछि भुपेन्द्रले स्वर्ण दिलाउदै साग बक्सिंगमा स्वर्णको खडेरी समाप्त गरेका थिए।  यसअघि सन् १९९९ मा नेपालमा नै सम्पन्न सागको आठौ संस्करणमा नेपालका लागि दुई दाजुभाई रामचन्द्र थापामगर र प्रकाश थापामगरले स्वर्ण जितेका थिए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...