News Portal

  • पदक विजेता १९ खेलाडीलाई महानगरपालिकाको सम्मान

    भक्तपुर, २ पुस
    ८०३ पटक
    भक्तपुर, २ पुस

    ललितपुर महानगरपालिकाले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ। पदक जितेका १९ खेलाडीलाई महानगरले नगदसहित प्रमाणपत्र दिएर सम्मान गरिएको हो।

    महानगरले कास्य पदक विजेतालाई ३० हजार, रजत पदकलाई ४० हजार र स्वर्ण पदक विजेतालाई ५० हजार नगदसहित प्रमाणपत्र दिएर सम्मान गरिएको छ। यो सम्मान ललितपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने खेलाडीलाई मात्र गरिएको हो।

    बुधबार ललितपुर महानगरपालिकाको १०१औँ स्थापना दिवसको अवसर पारेर खेलाडीलाई कार्यक्रममा सम्मान गरिएको हो। सागमा पदक विजेता खेलाडीलाई बधाइ दिँदै एसियन गेम र ओलम्पिकमा पदक जितेर आएपछि योभन्दा ठूलो रकमले सम्मान गर्ने कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए।

    खेल क्षेत्रमा ठूलो योगदान गर्न नसके पनि ऐनमा उल्लेख भएअनुसारको काम महानगरले गरेको प्रमुख महर्जनले बताए। महानगरले फुटबलमा लागनी गरिरहेको उल्लेख गर्दै उनले एन्फामा दर्ता भएको क्लबलाई टिम तयारीस्वरूप सहयोग गरेको स्मरण गराए।

    महानगरभित्रका ए डिभिजन क्लबलाई चार लाख, बि डिभिजन क्लबलाई तीन लाख र सि डिभिजन क्लबलाई दुई लाख रुपैयाँ तयारीका लागि दिइएको प्रमुख महर्जन जानकारी दिए।

    सम्मान कार्यक्रममा स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले काठमाडौं उपत्यकाको सभ्यता १६औं शताब्दीको युरोपियन सभ्यतासँग मेल खाने गरेको बताए। पाटनको कृष्णमन्दिर, काष्ठमण्डप तथा मूर्तिकलाको गरिमामय परम्परा रहेको उनले बताए।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज...

    भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका...

    सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक...

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर...

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...