News Portal

  • प्रसाईंमाथि भक्तपुर प्रहरीको अनुसन्धान शुरु, दोषी ठहरीय १ वर्ष जेल : एसपी प्रधान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ माघ
    ३५९७ पटक
    भक्तपुर, ३ माघ

    सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई घुस मागेको आरोप लगाउने बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंमाथि भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    आयोगका उपाध्यक्ष गिरीले बुधवार महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रसाईंविरुद्ध आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रसाईंमाथि अनुसन्धान भैरहेको परिसर प्रमुख रहेका प्रहरी उपरीक्षक सविन प्रधानले पुष्टि गरे ।

    भक्तपुरको निकोसेरा नजिकै बस्ने प्रसाईं विराटनगर स्थित बीएण्डसी अस्पतालका सञ्चालक हुन् । मेडिकल कजेल संचालनको अनुमति प्रक्रियाका क्रममा आयोगका उपाध्यक्ष गिरीले आफूसंग २० करोड रुपिया मागेको उनको आरोप छ । केही समय अघि नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई एकसाथ मार्सी चामलको भात खुवाएर चर्चामा आएका उनले पुस २३ मा पत्रकार सम्मेलन नै गरेर घुस मागेको आरोप लगाएपछि उपाध्यक्ष गिरीले त्यसको खण्डन गर्दै आएका छन् । गिरीले प्रसाईमाथि मानहानीको मुद्दा पनि दायर गरिसकेका छन् ।

    बुधवार भने उनले महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रसाईंविरुद्ध आफूमाथि अभद्र व्यवहारको उजुरी दिएका हुन् । परिसर प्रमुख सविन प्रधानले भक्तपुर पोस्टसंग भनेअनुसार प्रसाईंमाथि उपाध्यक्ष गिरीको उजुरीको आधारमा अनुसन्धान भैरहेको छ । उनी दोषी करार भएमा उनीमाथि अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइने एसपी प्रधानको भनाइ छ ।

    दोषी ठहर भए १ वर्ष कैद र १० हजार जरिवाना
    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी उपरीक्षक सविन प्रधानका अनुसार अभद्र व्यवहार अन्तर्गत दोषी ठहरीय १ वर्ष सम्म कैद र १० हजार रुपिया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । प्रहरी अनुसन्धानकर्ता मात्र भएको भन्दै प्रधानले प्रसाईं दोषी देखिए मुद्दा चलाउने र उनी अपराधि ठहर भएमा कानुन बमोजिम सजायको भागीदार बन्ने बताए ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गरी फेसबुकमै समाचार प्राप्त गर्नुस् !

    यो पनि

    खसी चोर समात्ने कटुन्जेका असई मनोज नेतृत्वको प्रहरी टोलीलाई नगद पुरस्कार प्रदान

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...