News Portal

  • थ्रीस्टार र मनाङलाई २-२ को बराबरीमा, दुबैले अंक बाँडे

    भक्तपुरपोष्ट संवाददाता४ माघ २०७६
    ९७८ पटक
    ४ माघ २०७६

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले अंक बाँडेका छन् । शनिबार भएको खेलमा थ्रीस्टारले मनाङलाई २-२ को बराबरीमा रोक्दै अंक बाँडेको हो ।

    यसको प्रत्यक्ष फाइदा भने नेपाल आर्मीलाई भएको । यदि उसले अब हुने खेल जितेमा लिग लिडर मात्र हुने छैन, सातौं राउण्डमा ३ अंकको अग्रता बनाउनेछ । त्रिपुरेश्वरस्थित दशरथ स्टेडियममा भएको खेलको पाँचौ मिनेटमै मनाङका विमल रानाले निशान लिम्बुको पासमा हानेको प्रहार पोष्टमा लागेर फर्केको थियो ।

    १९ औं मिनेटमा भारतिय खेलाडी लाल राम्मभराले फ्रिकमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । मनाङका पुजन उपरकोटीले बकस बाहिर हृयाण्ड गरेपछि पाएको फ्रिकिकमा उनले गोल गरे । उनले डेब्यू खेलमै गोल गरेका हुन् ।

    २९औं मिनेटमा मनाङले उस्तै ठाउँमा फ्रिकिक पाएको थियो । तर अन्जन विष्टको फ्रिकिक थ्रीस्टारका गोलकिपर प्रिसोले बचाए । ४१औं मिनेटमा मनाङले बराबरीको अवसर गुमायो । पेनाल्टी एरियामा निशान लिम्बुले मिलाएको पासमा विमल राना गोल गर्न चुके । उनको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

    पहिलो हाफको इन्जुरी टाइममा थ्रीस्टारले अग्रता दोब्बर पार्ने मौका गुमायो । निशान्त खड्काको क्रसमा लाल राम्मभराको हेडर पोष्ट नजिकैबाट बाहिरियो । पहिलो हाफमा पाएको अवसरमा गोल गर्न चुकेको मनाङले दोस्रो हाफको शुरुवातबाटै थ्रीस्टारमाथि दबाब बनायो । ४८औं मिनेटमा मनाङले पेनाल्टी पायो, जसमा अन्जन विष्टले बराबरी गोल गरे । थ्रीस्टारका शिव सुवेदीले अन्जनलाई पेनाल्टी एरियामा फाउल गरेपछि मनाङले पेनाल्टी पाएको थियो ।

    खेलको ६२औं मिनेटमा मनाङका निशान लिम्बुको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । निरन्तर दबाब बनाएको मनाङले ६९औं मिनेटमा अग्रता लिन सफल भयो । थ्रीस्टारका रुपेश केसीले हृयाण्ड गरेपछि कप्तान कमल श्रेष्ठको फ्रिकिकमा अन्जनले हेडमार्फत गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए । तर त्यो अग्रता लामो समय टिकेन । ८३औं मिनेटमा थ्रीस्टारले बराबरी गोल फर्कायो । यस पटक पनि लाल राम्मभराले गोल गरे । निशान्त खड्काको पासमा अनन्त तामाङको हेडर मनाङका गोलकिपर दिप कार्कीले पूर्णरुपमा क्लियर गर्न नसक्दा लाल राम्मभराले गोल गर्दै खेल बराबरी गरे ।

    बराबरीसँगै साविकको विजेता मनाङ ७ खेलबाट १३ अंक भएको छ । उसको समान आर्मी र मछिन्द्रको अंक छ र, आर्मीले एक खेल कम अर्थाथ कुल ६ खेल खेलेको छ । थ्रीस्टार भने ११ अंकसहित चौथो स्थानमा छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...