News Portal

  • ओमान र अमेरिकासंग सिरिजको लागि नेपाली टिमको घोषणा

    भक्तपुरपोष्ट संवाददाता१३ माघ २०७६
    ११५४ पटक
    १३ माघ २०७६

    यही माघ २२ देखि २९ सम्म ( फेब्रुअरी ५ देखि १२ ) नेपालमा आयोजना हुने विश्वकप लिग-२ अन्तर्गतको अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजको लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ।

    नेपाल क्रिकेट संघले घोषणा गरेको टिममा युवा तिब्र गति बलर कमल सिंह ऐरीले पहिलो पटक मौका पाएका छन्। यस अघि नेपाली अन्डर-१९ टिमको लागि खेलीसकेका कमलले अविनाश बोहरा र करन केसीसंग तिब्र गति बलिंगको जिम्मेवारी सम्हाल्नेछन्।

    टि-२० राष्ट्रिय टिममा डेब्यु गरिसकेका अर्का युवा क्रिकेटर कुशल मल्लले एकदिवसीय राष्ट्रिय टिममा पहिलो पटक मौका पाएका छन्। देब्रे हाते विस्फोटक ब्याट्सम्यान मल्ल देब्रे हाते स्पिन बलिंग गर्न सक्छन्।

    तिब्र गति बलर सोमपाल कामि भने यही माघ १७ गते विवाह बन्धनमा बाँधिने हुँदा टिमको हिस्सा हुनेछैनन्। सोमपालले लामो समय देखिको प्रेमिका प्रतिभा घिमिरेसंग विवाह गर्न लागेका हुन्। २४ सदस्यीय बन्द सत्र टोलिमा रहेका बसन्त रेग्मी र सोमपाल कामि भने अन्तिम १४ मा स्थान बनाउन असफल भएका छन्। बसन्त भर्खरै छोरि जन्मिएका कारण बन्दसत्रमा उपस्थित थिएनन्। भर्खरै आफ्नो दाइको असामयिक निधन भएका कारण बन्दसत्र छोडेर भारत पुगेका शरद भेसावकरलाई भने टिममा स्थान दिईएको छ।

    १४ सदस्यीय नेपाली टिम :-

    ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरी ( उपकप्तान ) , पारस खड्का, शरद भेसावकर, सन्दिप लामिछाने, बिनोद भण्डारी ( विकेटकिपर ) , करन केसी, आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, सुशन भारि, ललित राजबंशी, कमल ऐरी, कुशल मल्ल

    पवन सर्राफ, सुबाश खकुरेल, सन्दिप जोरा र किशोर महतोलाई बैकल्पिक खेलाडीको सुचीमा राखिएको छ।

    लिग-२ को लागि नेपालको मुख्य प्रशिक्षक उमेश पटवाललाई जगत टमाटा र बसन्लेत शाही सघाउने भएका छन्। टिमको एनालिस्ट रमन शिवाकोटी रहेका छन् भने फिजियो बिक्रम न्यौपाने रहेका छन्।

    विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल माघ २२ गते ओमानसंग खेल्नेछ। माघ २५ गते अमेरिकासंग, माघ २६ गते ओमानसंग तथा माघ २९ गते अमेरिकासंग चौथो खेल हुनेछ।

    त्रिकोणात्मक सिरिजको खेल तालिका

    माघ २२ – नेपाल VS ओमान
    माघ २३ – ओमान VS अमेरिका
    माघ २५ – नेपाल VS अमेरिका
    माघ २६ – नेपाल VS ओमान
    माघ २८ – अमेरिका VS ओमान
    माघ २९ – नेपाल VS अमेरिका

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...