News Portal

  • इपिएल रिटेन्सन र रिलिज : अनिल र रितले पाए आकर्षक मूल्य, बाहिरिए सिद्धान्त लोहनी

    भक्तपुरपोष्ट संवाददाता१४ माघ २०७६
    १३१९ पटक
    १४ माघ २०७६

    चैत्र १ देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिगको खेलाडी रिलिज र खरिद प्रक्रिया सकिएको छ। बिहिबार एभरेस्ट प्रिमियर लिगले मंगलबार खेलाडीको बिडिंग प्रक्रिया समाप्त भएसंगै सबै ६ वटा टिमबाट खेल्ने नेपाली खेलाडीहरुको सुची समेत सार्वजनिक गरेको छ। ललितपुर पेट्रिएट्स बाहेक सबै ५ टिमहरुले खेलाडीहरु रिलिज गर्दै नयाँ खेलाडीहरु टिममा भित्र्याएको छ।

    भैरहवा ग्ल्याडीएटर :

    रिलिज गरिएको खेलाडी – प्रकाश केसी र भुपेन्द्र थापा
    भित्र्याएको खेलाडी – हिमांशु दत्ता ( ५५ हजार ) , विकास आग्री ( ५० हजार )

    पहिलो र दोश्रो चरणको खेलाडी खरिद प्रक्रियाबाट शरद भेसावकर कप्तानीको भैरहवाले तिब्र गति बलर विकास आग्रीलाई ५० हजार तथा विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्तालाई ५५ हजार रुपैयाँमा भित्र्याएको छ। यस क्रममा उसले विकेटकिपर ब्याट्सम्यान प्रकाश केसी र ब्याट्सम्यान भुपेन्द्र थापालाई टिमबाट बाहिरको बाटो देखाएको छ।

    यस्तो बन्यो भैरहवा ग्ल्याडीएटर टिम : शरद भेसावकर, प्रदिप ऐरी, आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दिपेश श्रेष्ठ, रोहित पौडेल, हरि शंकर शाह, अविनाश बोहरा, कुशल मल्ल, विकास आग्री, हिमांशु दत्ता

    बिराटनगर वारियर्स :

    रिलिज गरिएको खेलाडी – पुष्प थापा, बिनोद लामा र रोबिन क्षेत्री
    भित्र्याएको खेलाडी – अनिल खरेल ( १ लाख २७ हजार ) , बिक्रम भुसाल ( १ लाख १७ हजार ) , सौरभ खनाल ( १ लाख ७ हजार )

    पारस खड्का कप्तानीको बिराटनगरले देब्रे हाते स्पिनर द्वय बिनोद लामा र रोबिन क्षेत्रीलाई तथा पुष्प थापालाई रिलिज गरेको छ। देब्रे हाते स्पिनर अनिल खरेललाई १ लाख २७ हजार तथा काठमाडौँ किंग्स ११ले रिलिज गरेको लेग स्पिनर बिक्रम भुसाललाई १ लाख १७ हजार रुपैयाँ तिरेर टिमले भित्र्याएको छ। यस्तै पोखरा राइनोजले रिलिज गरेका सौरभ खनाललाई १ लाख ७ हजार रुपैयाँमा भित्र्याएको छ।

    यस्तो बन्यो बिराटनगर वारियर्स टिम : पारस खड्का, करन केसी, बसन्त रेग्मी, मोहम्मद आसिफ शेख, अनिल शाह, सुमित महर्जन, रामनरेश गिरि, हरि बहादुर चौहान, अनिल खरेल, बिक्रम भुसाल, सौरभ खनाल

    चितवन टाईगर्स :

    रिलिज गरिएको खेलाडी – पृथु बास्कोटा
    भित्र्याएको खेलाडी – खडक बोहरा ( ५० हजार )

    सोमपाल कामि कप्तानीको चितवनले पृथु बास्कोटालाई रिलिज गरेको छ भने अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान खडक बोहरालाई ५० हजार रुपैयाँमा भित्र्याएको छ।

    यस्तो बन्यो चितवन टाईगर्स टिम : सोमपाल कामि, सन्दिप सुनार, शाहब आलम, दिलिप नाथ, ललित भण्डारी, कमल सिंह ऐरी, भिम शार्की, सागर ढकाल, आदील खान, इशान पाण्डे, खडक बोहरा

    काठमाडौँ किंग्स ११ :

    रिलिज गरिएको खेलाडी – सिद्धान्त लोहनी, बिक्रम भुसाल र पुरन बि.क.
    भित्र्याएको खेलाडी – शेर मल्ल ( ८६ हजार ) , अमृत भट्टराई ( ५१ हजार ) , दिपेन्द्र रावत ( ५१ हजार )

    काठमाडौँ किंग्स ११ ले लामो समय देखि घरेलु क्रिकेटमा फ्लप रहँदै आएका ब्याट्सम्यान सिद्धान्त लोहनीलाई रिलिज गरेको छ। यस्तै लेग स्पिनर बिक्रम भुसाल र पुरन बिकलाई पनि बाहिरको बाटो देखाएको छ।

    टिमले मिस्ट्रि अफ स्पिनर शेर मल्ललाई ८६ हजार रुपैयाँमा भित्र्याएको छ। यस्तै राष्ट्रिय टिमको लागि खेलीसकेका तिब्र गति बलर अमृत भट्टराईलाई पनि ५० हजार रुपैयाँमा टिममा ल्याएको छ। देब्रे हाते स्पिनर दिपेन्द्र रावत पनि टिममा भित्रिएका छन्। अमृत र दिपेन्द्र दुवैले ५० हजार रुपैयाँ मूल्य पाएका छन्।

    यस्तो बन्यो काठमाडौँ किंग्स ११ टिम : सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, संसाद शेख, अमर सिंह रौटेला, सुबास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, दिपेन्द्र रावत

    पोखरा राइनोज :

    रिलिज गरिएको खेलाडी – राजेश पुलामी, सौरभ खनाल, शुबेन्दु पाण्डे
    भित्र्याएको खेलाडी – रित गौतम ( १ लाख २० हजार ) , पृथु बास्कोटा ( ७५ हजार ) , बिबेक यादब ( ६० हजार ) , बिपिन रावल ( ५० हजार )

    पोखरा राइनोजले लामो समय देखि फर्म बाहिर रहेका ब्याट्सम्यान राजेश पुलामीलाई रिलिज गरेको छ। यस्तै विकेटकिपर ब्याट्सम्यान शुबेन्दु पाण्डे र सौरभ खनाललाई रिलिज गर्दै अन्डर-१९ राष्ट्रिय क्रिकेटर रित गौतम , बिपिन रावल र बिबेक यादबलाई भित्र्याएको छ। यस्तै चितवनले रिलिज गरेको खेलाडी पृथु बास्कोटालाई पनि टिममा भित्र्याएको छ।

    ओपनिंग ब्याटिंग गर्ने रित गौतमलाई १ लाख २० हजार रुपैयाँ, तिब्र गति बलिंग अलराउण्डर बिबेक यादबलाई ६० हजार तथा माथिल्लो क्रमका ब्याट्सम्यान लोकेश बमलाई ५० हजार रुपियाँमा भित्र्याएको हो। अनुभबी ब्याट्सम्यान पृथुलाई ७५ हजार रुपैयाँ खर्चेको छ।

    यस्तो बन्यो पोखरा राइनोज टिम : बिनोद भण्डारी, सुनिल धमला, किशोर महतो, सुशन भारि, बिक्रम सोब, बिपिन खत्री, नन्दन यादब, लोकेश बम, देभ शाह, रित गौतम, बिपिन रावल, पृथु बास्कोटा र बिबेक यादब

    ललितपुर पेट्रिएट्स : डिफेन्डिङ च्याम्पियन टिम ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुरले खेलाडी रिलिज र भित्र्याएन।

    यस्तो बन्यो ललितपुर पेट्रिएट्स टिम : ज्ञानेन्द्र मल्ल, शंकर राना, ललित राजबंशी, कुशल भुर्तेल, पवन सर्राफ, सोनु तामांग, रासिद खान, सन्दिप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की, सुर्य तामांग

    नेपाली खेलाडीहरु भित्र्याउने क्रम सकिएपछि अब इपिएलमा प्रत्येक टिमले कम्तिमा तिन जना विदेशी खेलाडीलाई अनिवार्य भित्र्याउनु पर्नेछ। हालसम्म भैरहवाले वेस्ट इन्डिज क्रिकेटर ड्वेन स्मिथलाई तथा ललितपुरले श्रीलंकन क्रिकेटर उपुल थारांगालाई भित्र्याउने निश्चित गरेको छ। सबै ६ टिमले कम्तिमा १ जना टेस्ट राष्ट्रको लागि खेलीसकेका खेलाडी भित्र्याउनु पर्नेछ।

    इपिएलमा ललितपुर पेट्रिएट्स, चितवन टाईगर्स, काठमाडौँ किंग्स-११, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज गरि ६ वटा टिम रहेका छन्। गत सिजन ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले प्रतियोगिताको उपाधि जितेको थियो।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...