News Portal

  • क्रिस गेलसहित विश्वका चर्चित क्रिकेट खेलाडीहरू नेपालमा ईपीएल खेल्दै

    भक्तपुरपोष्ट संवाददाता१६ माघ २०७६
    १४७४ पटक
    १६ माघ २०७६

    बीस ओभरको क्रिकेट खेलका विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक वेष्ट इन्डिजका क्रिस गेलले नेपालमा व्यवसायिक खेल्ने भएका छन्। पोखरा राइनोज टोलीबाट एभरेष्ट प्रिमियर लीग ईपीएल खेल्न उनी काठमान्डू आउने पक्का भएको आयोजकले जनाएको छ। एक भिडिओ सन्देशमा गेलले भने: “नेपाल, गेट रेडी फर द गेम्स् [नेपाल, खेलको लागि तयार रहनु]।”

    उनले दुई खेल मात्रै खेल्ने बताइएको छ तर उनको अनुबन्ध रकमबारे खुलाइएको छैन। छ क्लबबीच हुने उक्त प्रतिस्पर्धा मार्च १४ देखि २८ सम्म कीर्तिपुर मैदानमा हुनेछ।

    गेलको नाममा सबैखाले क्रिकेटमा कीर्तिमानहरू भएपनि उनलाई टी२० क्रिकेटका सबैभन्दा आक्रामक ब्याट्सम्यानका रूपमा चिनिन्छ।जमैकामा जन्मेका गेलले राष्ट्रिय टोलीबाट १०३ टेस्ट, ३०१ एकदिवसीय अन्तर्राष्ट्रिय र ५८ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।उनले विश्वका सबै ठूला फ्रेञ्जाइजी क्रिकेटमा १०० टी२० खेल खेल्दै १३,२९७ रन बनाइसकेका छन्।

    भ्रमण वर्षको अङ्ग

    गेलको भ्रमण ईपीएल खेल्नको लागि मात्र नभई भ्रमण वर्ष २०२० को प्रचारका लागि समेत रहेको आयोजकले जनाएको छ।काठमान्डूमा आएर खेल्ने क्रममा उनले नेपालमा दुई चर्चित स्थानमा घुम्ने छन्। यसको सम्पूर्ण व्यवस्था नेपाल सरकारले गर्ने जनाइएको छ।गेलसहित सो प्रतियोगितामा टेस्ट क्रिकेट खेलिसकेका दक्षिण अफ्रिकाका पूर्वकप्तान हसिम अमला, वेष्ट इन्डिजका ड्वायने स्मिथ, श्रीलङ्काका उपुल थराङ्गा र अफगानिस्तानका मोहम्मद शहजाद खेल्ने ईपीएल म्यानेजमेन्टले बताएको छ।

    चर्चित खेलाडीहरू

    प्रतियोगितालाई थप रोमाञ्चक बनाउन आयोजकले टेस्ट राष्ट्रका खेलाडीहरू अनुबन्ध गर्नुपर्ने नियम राखेपछि क्लबहरूले उनीहरूलाई अनुबन्धित गरेका हुन्।अलराउन्डर स्मिथले भैरहवा ग्लाडियटर्सबाट खेल्नेछन्। ग्लाडियटर्सको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दशानायके रहने छन्।

    भर्खरै मात्र राष्ट्रिय टोलीबाट सन्न्यास लिएका अलराउन्डर अमलाले खेल्न सहमति जनाए पनि क्लबको टुङ्गो लागिनसकेको आयोजकले बताएका छन्।श्रीलङ्काका पूर्वकप्तान विकेटकिपर थरङ्गा ललितपुर प्याटियटर्समा आबद्ध भइसकेका छन्।उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टी२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्।विस्फोटक ब्याट्सम्यान शहजाद भने चितवन टाइगर्सबाट खेल्नेछन्।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...