News Portal

  • लिगमा मनाङको पहिलो हार, उपाधि होडमा धक्का

    भक्तपुरपोष्ट संवाददाता२० माघ २०७६
    १००४ पटक
    २० माघ २०७६

    काठमाडौं। काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब च्यासल युथ क्लबसँग पराजित भएको छ ।

    जारी लिगमा अपराजित रहेको मनाङ सोमबार भएको खेलमा २–० ले पराजित भएसँगै अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

    सोमबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा २४औँ मिनेटमा टागिया नाकामुराले च्यासलका लागि गोल गरेका थिए। उनले फ्रि किक बलमा गोल हानेका थिए।

    यस्तै अन्तिम थप समयमा सन्तोष साहुखलले च्यासलका लागि दोस्रो गोल गरेका हुन्।च्यासलसँगको हारले उपाधि दाबेदारीमा रहेको मनाङलाई दबाब परेको छ।

    यसअघि ५ खेल जितेर चार खेल बराबरी खेलेको मनाङको यो नै पहिलो हार हो। मनाङको १० खेलमा १९ अंक छ। शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १० खेलमा २३ अंक र दोस्रो स्थानमा रहेको मछिन्द्रको १० खेलमा २२ अंक रहेको छ।मनाङलाई हराएको च्यासलको १० खेलमा १२ अंक रहेको छ। जितसँगै च्यासल नवौँ स्थानमा उक्लिएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...