News Portal

  • साना बालबालिकासँग घरभित्रै खेल्न सकिने केहि खेलहरु यस्ता छन्

    भक्तपुर, १० जेठ
    १६४२ पटक
    भक्तपुर, १० जेठ

    साना बालबालिका एक आपसमा सँगसँगै मिलेर खेल्न रुचाउँछन् । तर कोरोना भाइरस (कोभिड-१९)को महामारी फैलिएको बेला साथीहरूसँग भेटघाट गर्नु र ठूलो समूहमा खेल्नु सुरक्षित छैन। शारीरिक दुरी कायम गरेर हामी आफू र अरूहरूलाई त सूरक्षित राख्न सक्छौँ, तर खेलका माध्यमबाट आफ्नो वरिपरिको परिवेश थाहा पाउने र साथीहरूसँग जोडिन सिक्ने साना बालबालिकाका लागि भने शारीरिक दुरी विशेष गरि चुनौतिपूर्ण हुन सक्छ। तर उनीहरू घरभित्र रहेकै कारणले रमाउन सक्दैनन् वा केहि पनि सिक्न सक्दैनन् भन्ने चाँहि पटक्कै होइन।

    यो समयमा तपाईंका नानीबाबुहरूको संसार फराकिलो बनाउन र उनीहरूसँग रमाइलो पल बिताउन लेगो फाउन्डेसनकाे सहकार्यमा युनिसेफले केहि रचनात्मक खेलका उपायहरू सुझाएकाे छ ।

    ०-९ महिनासम्मका शिशुहरूका लागि

     

    This image shows an illustration of a mother on the floor with her child pointing at their pet cat

    देखियो-देखियो-देखिएन!
    यो खेल खेलाउनको लागि तपाईंलाई आफ्नो हात र मधुर बोलीको प्रयोग गर्नु पर्नेछ। तपाईं आफ्नो शिशु लिएर कुनै एक स्थानमा बस्नुहोस्। अब तपाईंले आफ्नो हात वा सफा कपडाको टुक्राले आफ्नो अनुहार छोप्नुहोस्, त्यसपछि लगत्तै अनुहारबाट हात वा कपडा हटाउँदै “देखियो-देखियो-देखिएन!” भन्नुहोस् । तपाईंको शिशुले रमाउँदै तपाईंको अनुहार एकैछिनमा हराएको र फेरि एकैछिनमा देखिएको हेर्नेछ। शिशु हुर्किँदै जाँदा आफै नै तपाईंसँग यो खेल खेल्न सक्नेछ।

    हेर र भन
    घर वरिपरिका फरक-फरक वस्तुहरूलाई देखाउनुहोस् । तिनको नाम बताउँदै तिनीहरूको बारेमा भन्नुहोस्। जस्तो कि कुनै एउटा बिरालो देखाउँदै भन्नुहोस्, “उ हेर बिरालो देख्यौ? त्यो खैरो बिरालो हो।“ यस्तो गर्नाले तपाईंका नानीबाबुहरूको भाषिक विकास हुनुको साथै तपाईंहरू बीचको सम्बन्ध प्रगाड बन्नेछ।

    बाजा बनाऔ
    आफ्ना नानीबाबुहरूसँग मिलेर गीत गाउनुहोस्। साथसाथै बाजा बनाउन एउटा सुरक्षित खाली प्लास्टिकको बोतल लिनुहोस् । त्यसभित्र टाँक वा मालाका दानाहरू हालेर बिर्को बन्द गरी हल्लाएर बजाउन मिल्ने बाजा बनाउनुहोस्। संगीतले बालबालिकाको संवेदनात्मक बिकास गर्दछ भने सो बाजा समाउने कृयाकलापले सुक्ष्म तथा स्थुल अङ्गको बिकास गर्दछ। सबैभन्दा महत्त्वपूर्ण कुरा रचनात्मक हुनु र रमाइलो गर्नु हो।

    शरीरको खेल
    आफ्ना नानीबाबुहरूलाई उनीहरूको शरीरको अङ्गहरूको नाम बताउनुहोस् । ती अङ्गहरू देखाउँदै उनीहरूलाई अङ्गका नामहरू सिक्न सहयोग गर्नुहोस्। जस्तैः “नानीको नाक कहाँ छ? यी, यहाँ छ।” तपाईंले बालबालिकालाई आफ्नो र अरूको अङ्ग बिचको समानता थाहा दिन आफ्नो पनि सोहि अङ्ग देखाउनुहोस् र भन्नुहोस् “आमाको नाक कहाँ छ? यी यहाँ छ।”

     

    १-२ वर्ष उमेरका बालबालिकाका लागि

     

    बाकसको गाडी
    यो कृयाकलाप गर्नको लागि सबै भन्दा पहिले एउटा खाली बाकस वा कार्टुन लिनुहोस्। त्यसमा सुरक्षाको लागि सफा एवम् नरम बाक्लो कपडा वा ब्ल्याङ्केट मिलाएर आरामदायी तरिकाले बिछ्याउनुहोस्। अब आफ्ना नानीबाबुहरूलाई त्यसमा राख्नुहोस्। त्यस पछि, तपाईं कुनै मोटर कारको ध्वनिलाई नक्कल गर्दै होसियारी पूर्वक वरिपरि धकेल्ने वा तान्ने गर्नुहोस्। यस्तो कृयाकलापबाट नानीबाबुहरूले नयाँ खेलौनाको अनुभव प्राप्त गर्नका साथै घरको वरिपरि यसरी यता-उता जान पाउँदा खुसी हुनेछन्। तपाईंले पनि शारीरिक कसरतको मौका पाउनु हुनेछ। यदि तपाईंको घरमा धेरै खाली ठाउँ छैन भने तपाईंले केवल बाकसलाई दायाँ बायाँ हल्लाएर मोटर कारको ध्वनि मात्र भएपनि निकाल्न सक्नुहुन्छ।

    किचेन ड्रमर
    यसको लागि सबै भन्दा पहिला भान्साबाट केही नफुट्ने वा नटूक्रिने किसिमका कचौरा, भाँडा र प्यानहरू ल्याउनुहोस् । तिनीहरूलाई मिलाएर ड्रम सेटको शैलिमा राख्नुहोस्। ड्रम बजाउनको लागि ड्रम स्टिकको रूपमा प्रयोग गर्न केही काठबाट बनेका पन्यूहरू ल्याउनुहोस्। अब तपाईंका नानीबाबुहरू आफैंले रमाउँदै सो काठका पन्यू र भाँडाहरू बजाएर नयाँ-नयाँ ध्वनिहरू निकाल्नेछन्। यसले पनि तपाईंको शिशुको सुक्ष्म अङ्गको बिकास गर्दछ।

    स्वतन्त्र चित्रण
    आफ्ना नानीबाबुहरूलाई मैनका रंगहरू र एउटा खालि कागज दिनुहोस्। अब उनीहरूलाई इच्छा अनुरूपको चित्रहरू बनाउन लगाउनुहोस्। यसले तपाईंका नानीबाबुहरूको सृजनात्मक कला उजागर गर्नको साथै आफै रमाउन सिकाउँदछ। जब उनीहरूले चित्र कोरेर सक्छन्, उनीहरूले चित्र बनाउँदा प्रयोग गरेका विभिन्न रंगहरूको बारे उनीहरूसँग कुरा गर्नुहोस्।

    भकुन्डो पास
    एउटा नरम प्रकारको भकुन्डो ल्याउनुहोस्। अब तपाईं र तपाईंका नानीबाबुहरू केहि छोटो दुरीको फरकमा आमने सामने गरि बस्नुहोस्। त्यसपछि सो बललाई पालै-पालो एक अर्को तर्फ पास गरेर खेल्नुहोस्। यसले तपाईंका नानीबाबुहरूको आत्मविश्वास बढाउनका साथै हरेक कृयाको जवाफ वा प्रतिकृया दिन सिकाउँदछ। यसलाई अझै रमाइलो बनाउन अर्को भकुन्डो थप्नुहोस् र उनीहरूले कुनै एउटा छनोट गरे पछि उनीहरूसँग सो छनोटमा परेको भकुन्डो बारे कुरा गर्नुहोस्।

    This image shows a young child playing music with spoons and dishes

     

    ३-४ वर्ष उमेरका बालबालिकाका लागि

     

    This image shows a father and a young child playing dress up with a funny shawl and paper boat hat

    विभिन्न वेशभूषा र पहिरन
    केहि फरक-फरक किसिमका कपडाहरू लिनुहोस् ।आफ्ना नानीबाबुहरूलाई ती कपडाहरूबाट विभिन्न वेशभूषा र पहिरन बनाउन लगाउनुहोस् । त्यसपछि उनीहरूले छानेको पहिरनको आधारमा सँगै खेल्नुहोस् ।पक्कै पनि तपाईंहरू सबैले अपुर्व अनुभव गर्न सक्नुहुनेछ ।

    म तिमीलाई समात्छु
    घरभित्र वा वरिपरि खाली ठाउँमा नानीबाबुहरूलाई दौडन लगाउनुहोस् र आफूले उनीहरूलाई समात्ने प्रयास गर्नुहोस् । यो खेलले तपाईंका नानीबाबुहरूलाई धेरै थकाउनेछ । त्यसैले खेल खेलिसके पछि उनीहरूलाई छोटो समयको लागि सुताउन पनि सक्नुहुनेछ।

    आवाज पत्ता लगाऊ
    आफ्नो शिशुलाई फरक-फरक जनावरहरूको आवाजको नक्कल गरेर सुनाउनुहोस् । उसलाई त्यो आवाज कुन जनावरको हो भनेर चिन्न लगाउनुहोस्। अब त्यसरी नै उसलाई पनि जनावरहरूको आवाजको नक्कल गर्न प्रोत्साहित गर्नुहोस् र आफूले सो जनावरको नाम बताउनुहोस्। यसले आवाज नक्कल गर्दा छनोट गर्नु भएका जनावरहरूकोबारे नानीबाबुहरूलाई अझ धेरै जानकारी दिने अवसर प्रदान गर्नेछ।

    बाल चुनौती
    बालबालिका आफ्नो शारीरिक परिपक्वतासँगै चुनौतीहरू सामना गर्न मन पराउँछन्। त्यसैले आफ्ना नानीबाबुहरूलाई आफ्ना पाखुरा उठाउने, हातले गोडाका औँलाहरू छुने जस्ता गाह्रा निर्देशनहरू दिनुहोस्। यसले तपाईंका बालबालिकालाई शरीरका अङ्गहरूको नाम थाहा पाउन र उनीहरूको शारीरिक क्षमताहरूको पहिचान गर्न सहयोग पुर्याउँदछ।

     

    ५-८ वर्ष उमेरका बालबालिकाकाे लागि

     

    अवरोधपूर्ण दौड
    नरम र सूरक्षित किसिमका फर्निचर, सिरानी र खेलौनाहरूको प्रयोग गरेर ठाउँ ठाउँमा अवरोधहरू बनाउनुहोस्। शुरूमा कसरी यी अवरोधहरूबाट बँचेर दुरी पार गर्न सकिन्छ भनेर आफ्ना नानीबाबुहरूलाई देखाउनुहोस्। त्यसपछि उनीहरूलाई जति सक्दो चाँडो सो दुरी पूरा गर्न प्रोत्साहन गर्नुहोस्। यसको लागि घडि हेरेर दौडिन लगाउनुहोस्। हरेक पटक उनीहरूलाई आफूले अघिल्लो पटक पार गरेको समय भन्दा कम समयमा दौड पूरा गर्न अभिप्रेरित गर्नुहोस्।

    खेलौनाको  सरसफाइ
    एउटा बाल्टिनमा पानी भर्नुहोस्। त्यसमा आफ्ना नानीबाबुहरूको खेलौनाहरू डुबाएर पानीसँग खेल्दै नरम कपडाले खेलौनाको सरसफाइ गर्न लगाउनुहोस्।

    कथा बनाउन लगाउनुहोस्
    आफ्ना बालबालिकालाई नेत्रित्व गर्न दिनुहोस् र उनीहरूलाई कुनै काल्पनिक कथा बनाउन लगाउनुहोस् ।उनीहरूको कुरा राम्ररी सुन्नुहोस् । उनीहरूले बनाएका काल्पनिक दुनियाँहरूको बारेमा प्रश्न सोध्नुहोस्।

    सँगै खाजा बनाउनुहोस्
    तपाईंले आफ्नो परिवारको लागि खाजा तयार गर्दा आफ्ना नानीबाबुहरूलाई पनि सहयोग गर्न अभिप्रेरित गर्नुहोस्। सकेसम्म धेरै रंगका खानेकुराहरू प्रयोग गर्ने चुनौती दिनुहोस्। खाजा तयार भएपछि पनि उनीहरूको क्षमता र इच्छा अनुसार प्लेटमा खाजा सजाउन दिनुहोस्। आफ्ना स्वादिलो शृजनासँग उनीहरू पक्कै खुसी र गौरवान्भित हुनेछ।

    This image shows a father and daughter making snacks together

    युनिसेफकी म्यान्डी रिचद्वारा लिखित

    चित्रः प्रोमिना श्रेष्ठ

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...