News Portal

  • नेकपाकाे बिबादलाई बिर्सदै भक्तपुरका युवा तथा विद्यार्थीकाे संयुक्त रक्तदान सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, ३ साउन
    १४६२ पटक
    सूर्यविनायक, ३ साउन

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक बिबादलाई बिर्सिएर पार्टीसम्बद्ध भक्तपुरका युवा तथा विद्यार्थीले संयुक्तरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । शनिवार बिहान सूर्यविनायकमा सौहार्दरुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    कोभिड १९ र बाढीपीडितका बिरामीलाई रगतको अभाव हुन नदिन नेकपाको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको भक्तपुर जिल्ला कमिटीले संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको अनेरास्ववियु भक्तपुरका सहसंयोजक बिराज थापाले बताए । थापाका अनुसार उक्त कार्यक्रममा १ सय भन्दा बढी भक्तपुरका युवा तथा विद्यार्थीहरुले रक्तदान गरेका छन् । रक्तदानमा सहभागी हुनु अघि उनीहरुकाे ज्वराे लगायत कोभिड १९ लक्षण परिक्षण गरिएकाे बताइएकाे छ ।

    उक्त अवसरमा आफ्नो पार्टीका युवा तथा विद्यार्थीको सामाजिक काममा हौसला दिन नेकपा भक्तपुर जिल्ला इन्चार्ज समेत रहेका केन्द्रिय सदस्य दिलिप प्रजापति ‘भिष्म’, अर्का प्रभावशाली नेता केन्द्रिय सदस्य एवं सांसद महेश बस्नेत त्यसैगरी पार्टीका जिल्ला कमिटी अध्यक्ष बचन देउजा, सचिव डिपी ढकाल, जिल्ला सदस्य युवराज आचार्य, राष्ट्रिय युवा संघ नेपालका केन्दीय सदस्य दिनेश थपलिया ‘आक्रोश’ ,युवा नेता दिनेश थापा लगायतका नेताहरुसमेत उपस्थित रहेका थिए । उपस्थित नेताहरुले रक्तदान जीवनदान भएको भन्दै युवा तथा विद्यार्थी सधै यस्तै सामाजिक काममा क्रियाशील रहनुपर्नेमा जोड दिएका थिए । युवा र विद्यार्थीहरु कुनै नेता विशेषको हनुमान नभई सिंगो पार्टीको र देशको सच्चा सिपाही बन्न सके पार्टी र राष्ट्रको धेरै समस्या सजिलै समाधान हुन सक्ने भन्दै नेताहरुले युवा तथा विद्यार्थीहरु निस्वार्थ र स्वविवेकी बन्नुपर्ने आवश्यकता औल्याएका थिए ।

    पछिल्लो समय पार्टी केन्द्रमा देखिएको आन्तरिक बिबादका बाबजुद भक्तपुरका युवा तथा विद्यार्थीले शनिवार एकढिक्का भएर कार्यक्रम गर्नु प्रशंसनीय भएको पार्टी सचिव डिपी ढकालको भनाइ छ । ”यसले हाम्रो आन्तरिक एकतालाई र भावनात्मक सम्बन्धलाई बलियो बनाएको छ ।” भक्तपुर पोस्टसंग उनले भने ।

    याे पनि

    नेता कमरेडहरुलाई खुलापत्र, धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ : प्रदीप ज्ञवाली

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...