News Portal

  • विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस प्रतियोगिता हिजो सम्पन्न

    भक्तपुर संवाददाता२०७७ चैत्र २ गते, सोमबार
    ७९४ पटक
    २०७७ चैत्र २ गते, सोमबार

    विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत २ नं. वडा समितिको आयोजनामा बासु मावि, कालिघाटमा भइरहेको टेबुल टेनिस प्रतियोगिताको समापन  हिजो आईतबार सम्पन्न भयो । प्रतियोगितामा ब्वाईज टिम इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमी प्रथम, द राईजिड्ड ईड्डलिश स्कूल दोस्रो तथा हिमालयन ग्लोरी इड्डलिश स्कूल र जेन्यूइन सेकेण्डरी स्कूल तृतीय हुन सफल भएको थियो भने गल्र्स टिम इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमी प्रथम, प्रभात ईड्डलिश स्कूल दोस्रो तथा जेन्यूइन सेकेण्डरी स्कूल र माउण्ट भ्याली स्कूल तृतीय हुन सफल भएको थियो ।

    त्यसैगरी ब्वाईज यु–१६ इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका उज्ज्वल न्हुछे प्रथम, प्रभात ई. स्कूलका प्रज्ज्वल गोथे दोस्रो र प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका सफल लामा र हिमालयन ग्लोरी ई. स्कूलका विमित पञ्च तृतीय हुन सफल भएको थियो ।

    गल्र्स यु–१६ इभेन्टमा भने प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका दिया देउला प्रथम, प्रभात ई. स्कूलका आरती सुवाल दोस्रो र प्रभात ई. स्कूलकै कृतिका तामाड्ड र प्रदिपा सुवाल तृतीय हुन सफल भएको थियो ।

    प्रतियोगिताको अर्को इभेन्ट ब्वाईज यु–१२ मा माउण्ट भ्याली ई. स्कूलका सोहन गोर्खाली प्रथम, प्रोक्सिमा ईन्टरनेशनल एकेडेमीका विशाल कवां दोस्रो र प्रभात ई. स्कूलका रोशन त्यात र माउण्ट भ्याली ई. स्कूलका अभिनव अधिकारी तृतीय हुन सफल भएको थियो ।
    गल्र्स यु–१६ इभेन्टमा भने प्रभात ई. स्कूलका क्यारिना सुवाल प्रथम, प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका नर्मदा खाइतु दोस्रो र प्रोक्सिमा इन्टरनेशनल एकेडेमीकै सृष्टिका लिवी र प्रभात ई. स्कूलका सौरभी कोजू तृतीय हुन सफल भएको थियो । टेबुल टेनिस प्रतियोगिताको विभिन्न इभेन्टस्मा उत्कृष्ट खेलाडीहरुलाई प्रमुख सुनिल प्रजापतिले पदक तथा प्रमाणपत्र वितरण गरेको थियो  ।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...