News Portal

  • उसुमा भक्तपुरका विद्यार्थीकाे राम्राे नतिजा

    भक्तपुर संवाददाता२०७७ चैत्र २ गते, सोमबार
    ८०४ पटक
    २०७७ चैत्र २ गते, सोमबार

    भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि सञ्चालन भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत उसु प्रतियोगिता आज सम्पन्न भयो । समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र सहित समान गरिएको थियो ।

    प्रतियोगितामा ब्वाइज् तिलूमा जेसिस् ई. स्कूलका समिट श्रेष्ठ, लिटिल वल्र्ड स्कूलका एलेक्स सुवाल र जेसिस् ई. स्कूलका उत्सब खाईतु क्रमशः प्रथम, दोस्रो र तृतीय हुन सफल भए भने गल्र्स तिलूमा जेसिस् ई. स्कूलका अदिति बिरवल, मतिना कोजू र उजा नापित क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए ।

    ब्वाइज् सान्चो २५–३० केजी तौल समूहमा जेसिस् ई. स्कूलका रिडम लामा, जनिथ कोजू, रेमण कोजू क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने गल्र्स सान्चो २५–३० केजी तौल समूहमा मेधा माविका आयुश्री शिल्पकार, ज्ञान विजय माविका सृजना क्षेत्री र हिमालयन स्कूलका कृजना कुचुमणी क्रमशः प्रथम,द्वितीय र तृतीय हुन सफल भए ।

    ब्वाइज् सान्चो ३०–३५ केजी तौल समूहमा जेन्यूइन ई. स्कूलका दिब्यांसु सुवाल, जेसिस् ई. स्कूलका समिर गोर्खाली र निग्मा लामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए भने गल्र्स सान्चो ३५–४५ केजी तौल समूहमा जेसिस् ई. स्कूलका कृति थापा, रजिशा कोजू र अनुष्का विखल क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।

    ब्वाइज् सान्चो ४०–४८ केजी तौल समूहमा जेसिज् ई. स्कूलका अनुज धौभडेल, पद्म माविका धिरज कुमार मण्डल र विशेष खर्बुजा क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने ४८–५२ के.जी तौल समूहमा जेजिस् ई. स्कूलमा कृतिन सुवाल प्रथम, पद्म माविका विशेष मोक्तान द्वितीय हुन सफल भए ।

    प्रतियोगितामा  छात्रतर्फ श्री पद्म माविका धिरज कुमार मण्डल र छात्रातर्फ जेसिस् ई. स्कूलका अदिति बिरवलले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्न सफल भए ।

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...