News Portal

  • यि हुन् भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताका बिजेता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ चैत
    १३२१ पटक
    भक्तपुर, ३ चैत

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सिनियर छात्रतर्फ गोल्डेन गेट स्कुलका समिर याकामी प्रथम, पद्म माविका युनिस तिमिल्सना द्वितीय र प्रभात माविका डिभिशविक्रम शाह र प्रभात इङ्गलिस स्कूलका यमन सुवालले तृतीय स्थान हासिल गरेका छन् ।

    त्यस्तै गरी जुनियर छात्रतर्फ सिबिक ज्याख्व (बागीश्वरी) प्रथम, रोजन गोरा (सामुदायिक मावि) द्वितीय, रोहित शिल्पकार (हिमालयन ग्लोरी) र रोश तमखु (क्रियटिभ इङ्गलिस स्कूल) ले तृतीय स्थान हासिल गरेका छन् ।

    ब्याडमिन्टन प्रतियोगिता सिनियर छात्रातर्फ प्रिति देशेमरु (हिमालयन ग्लोरी) प्रथम, प्रसिद्धि आगन्जा (बासु मावि) द्वितीय, सबिरा बुद्धाचार्य (द राइजिङ स्कूलं) र निकिता कोजु (प्रभात इङ्गलिस स्कूल) तृतीय भए ।

    यसैगरी छात्रा जुनियरतर्फ हिमालयन ग्लोरीका रुसा जति प्रथम, बागीश्वरी माविका सेफिना लागे द्वितीय, प्रभात स्कूलका रन्जु सुलु र द राइजिङका रन्जु तामाङले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

    मंगलबार सम्पन्न भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताका बिजेताहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समापन समारोहका बीच प्रमाणपत्र र मेडल वितरण गरे ।कार्यक्रममा नगर प्रमुख प्रजापतिले खेलकुदको माध्यमबाट भविष्यको निम्ति राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना भएको भनेका थिए । उक्त अवसरमा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली लगायतले खेलकुदको महत्व माथि प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...