News Portal

  • सिद्धि स्मृति भक्तपुर फुटबल क्लव शहिद स्मारक सी डिभिजनमा भिड्दै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ भदौ २०७८
    १९११ पटक
    भक्तपुर, ५ भदौ २०७८

    भक्तपुरको सिद्धि स्मृति भक्तपुर फुटबल क्लव शहिद स्मारक सी डिभिजनमा प्रतिस्पर्धा गर्दैछ । क्लबले शनिवार आयोजित पत्रकार सम्मेलनमा उक्त खुलासा गरेको हो ।

    फुटबल टोलीको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राम प्रजापतिले फुटबलमा भक्तपुरको पुरानो साख फिर्ता ल्याउन सी डिभिजनमा पुग्ने लक्ष्य राखेको बताए ।

    वि. सं. २०६५ सालमा स्थापना भएको क्लवले यसवर्ष सी डिभिजन छनोट प्रतियोगिताको तयारी गरिरहेको छ । विगतमा भक्तपुरका थुप्रै फुटबल खेलाडीहरुले राष्ट्रिय टोलीमा स्थान बनाएपनि केही वर्ष यता प्रायः शुन्यको अवस्था रहेको बताउँदैं अध्यक्ष प्रजापतिले यसवर्ष सी डिभिजन पुग्ने र क्रमशः ए डिभिजनसम्म पुग्ने क्लवको लक्ष्य रहेको जानकारी दिए ।

    क्लवले सी डिभिजनको छनोट प्रतियोगिताको लागि विरगंजको युनाईटेडका खेलाडीलाई क्लवमा आवद्ध गराई प्रशिक्षण गरीरहेको प्रशिक्षक दामोदर शिल्पकारले जानकारी दिए । ‘मैले विगतमा लामो समय विरगंजको युनाईटेडको प्रशिक्षक भएर टिम हेरेको आधारमा यसवर्ष भक्तपुर फुटबल क्लवबाट खेलाउन ल्याएका हौं,’ प्रशिक्षक शिल्पकारले भने ।

    टोलीले बिहान ८ बजेदेखी महेश्वरी खेल मैदानमा प्रशिक्षण गरिरहेको जानकारी दिँदैं मैदानको खराब अवस्थाले फुटसलमा लगेर प्रशिक्षण गराउनु पर्ने बाध्यता रहेको समेत बताए । ‘भक्तपुरमा एउटा स्तरिय मैदान समेत छैन । खेलाडी भएपनि मैदान नभएका कारण भक्तपुरको फुटबलको स्तर उठ्न नसकेको हो,’ उनले भने ।

    प्रशिक्षणमा खेलाडीहरुको फिटनेसलाई विशेष ध्यान दिईएको र उनीहरुको खेल क्षमता विकासका लागि मैत्रीपूर्ण खेलमा जोड दिएको शिल्पकारले बताए । उनले हालै ए डिभिजन क्लवसँग मैत्रीपुर्ण खेल खेलेको र त्यसमा ५–१ ले पराजित भएपनि एक गोल गर्न सक्नु क्लवको सफलता भएको बताए ।

    पत्रकार सम्मेलनमा क्लवका मुख्य प्रायोजक सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलले प्रतिष्ठानको पाँच प्रमुख उद्देश्य मध्ये खेलकुद पनि एक भएकोले विगतदेखी नै प्रतिष्ठानले खेल क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिए । उनले खेलको विकासका लागि प्रमुख पुर्वाधारको रुपमा रहेको खेल मैदानको अभावले खेलाडीहरु पलायन हुने अवस्था रहेको बताए । ‘सम्पदा संरक्षणमा जस्तै स्थानीय तहको अग्रसरता खेल र खेल मैदानको विकास तथा बिस्तारमा पनि हुनुपर्छ,’ उनले भने ।
    क्लवका प्रायोजक गोर्खा ईको प्यानलका कार्यकारी प्रमुख सुरेश कवाँले फुटबलको क्षेत्रमा पनि भक्तपुरको पहिचान स्थापित गराउन आफ्नो उद्योग जोडिन पाउँदा खुसी लागेको बताए ।
    अर्को प्रायोजक डा. इवामुरा अस्पतालका राजुमृगेन्द्र जोशी र भक्तपुर ११ का श्यामशरण श्रेष्ठले विगतमा प्रायोजक नपाएकै कारण भक्तपुरको फुटबल माथि उठ्न नसकेको चर्चा गर्दै अब त्यो अवस्थाको अन्त्य हुने बारे बिस्वस्त पार्ने प्रायस गरे ।

    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले दुई दशक अघि भक्तपुर फुटबलको उर्वराभुमीको रुपामा रहेको भएतापनि केही वर्षदेखी जिल्लाको फुटबल गतिविधि प्रायः शुन्यमा रहेको बताए । उनले भक्तपुरमा फुटबलको विकास गर्न जिल्ला स्तरिय प्रतियोगिताहरु निरन्तर चल्नुपर्नेमा जोड दिए ।

    सिद्धि स्मृति भक्तपुर फुटबल क्लव शहिद स्मारक सी डिभिजन छनोट प्रतियोगिताको समूह ‘आई’ मा रहेको छ । सो समूहमा युथ हसन्टार क्लव र भक्तपुरकै दिव्यश्वरी फुटबल क्लव रहेको छ । भक्तपुरले पहिलो खेल भदौ २२ गते युथ हसन्टारसँग खेल्ने छ भने समूह चरणको दोस्रो खेल दिव्यश्वरीसँग भदौ २६ गते खेल्ने तालिका छ ।

    यसवर्षको सी डिभिजन छनोट प्रतियोगितामा भक्तपुरका ६ क्लवले प्रतिष्पर्धा गर्दैछन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...