News Portal

  • काठमाडौ महानगरका मेयर विद्यासुन्दरले पन्चेबाजा बजाएकोप्रति उपमेयरको आपत्ति

    बुद्ध शरण शाही/ भक्तपुर पोस्ट काठमाडौ, १७ भदौ २०७८
    ९४९ पटक
    काठमाडौ, १७ भदौ २०७८

    काठमाडौँ महानगरपालिकाले कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा अभियान चलाएको भएपनि त्यसबारे उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नै आपत्ति प्रकट गरेकी छन् । यसबारे आफूसँग कुनै सल्लाह नभएको उनले बताएकी छन् ।

    कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा अभियान कति प्रभावकारी भयो भनेर बुझ्न खोज्दा उपप्रमुख खड्गीले सो खुलासा गरेकी हुन् । आफू राजस्व परामर्श समितिको संयोजक भएको तर, यस विषयबारे आफूलाई जानकारी नभएको उनले जानकारी गराइन् ।

    ‘यो अभियान प्रभावकारी हुनु वा नहुनुमा फरक छ । यो विषय मसँग सोधेर गर्नुभएको होइन मेयरजीले,’ उनले भनिन । मेयरले मनोमानी ढंगले अभियान चलाएको यसले करदाता लाई आघात पुर्याएको भन्दै उनले असन्तुष्टि प्रकट गरिन् । एकै पटक यो अभियान शुरु गर्नुभन्दा पहिला एक पटक सबैलाई आधिकारिक रुपमा पत्र पठाउनुपर्ने उनको भनाइ छ ।

    साथै, महानगरपालिकाले गरेको यो अभियानबाट धेरैले गुनासो गर्नेगरेको उनले जनाएकी छन् । ‘मलाई नै गुनासो आउन थालेको छ । महानगरपालिकाले बेइज्जत ग¥यो । एक पटक पत्र पठाएको भए हामी सल्लाह गर्न आउँथ्यौं । तर, महानगरले त्यस्तो गरेन भनेर ठूला करदाताबाट गुनासो आएको छ ।’ खड्गीले भनिन् ।

     यो पनि

    कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पञ्चेबाजा बजाउँदै पुग्यो महानगरपालिकाको टोली

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...