News Portal

  • ‘आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप’ छनोट प्रतियोगितामा सनिल शाही प्रथम

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ असोज २०७८
    २०१६ पटक
    भक्तपुर, ७ असोज २०७८

    बक्सिङ खेलाडी सनिल शाही ‘आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप’का लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ किलो तौल समूहमा प्रथम भएका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरेका हुन् ।

    प्रतियोगितामा पाँच स्पर्धामा ३२ खेलाडी सहभागी थिए ।

    प्रतियोगिताको ५१ किलोमा एचटुओका रवीन थापा, ५७ किलोमा एपिएफका पुरन राई, ६३ किलोमा १३औँ सागका स्वर्णधारी नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ७१ किलोमा एपिएफका विकास लामा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पहिलो भएका छन् ।

    विश्व च्याम्पियनसिप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म सञ्चालन हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...