News Portal

  • पुतलीबजारलाई १ का विरुद्ध ८ गोल गरी भक्तपुर बिजयी : मचामसी उत्कृष्ट खेलाडी घोषित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ कात्तिक २०७८
    ९९८ पटक
    भक्तपुर, ९ कात्तिक २०७८

    एन्फाको आयोजनामा काठमाडौंमा सुरु भएको ‘उपमेयर कप’ महिला फुटबल प्रतियोगितामा भक्तपुर नगरपालिकाले स्याङ्जाको  पुतलीबजार नगरपालिकालाई पराजित गरेको छ । मंगलवार भएको खेलमा १ का विरुद्ध ८ गोल गरी भक्तपुरले जीत हासिल गरेको हो ।

    उक्त खेलमा भक्तपुर नगरपालिकाका खेलाडीहरु मनिषा बास्कोटाले २ गोल, सिम्रन बस्नेतले २ गोल, करुणा परियारले ३ गोल र अञ्जली मचामसीले १ गोल गरेर जीत हासिल गराएका हुन् । खेलको सर्वोत्कृष्ट खेलाडी भने अन्जली मचामसी घोषित भएकी थिइन् ।

    बिजय प्राप्त गरेपछि भक्तपुरका अफिसियल र खेलाडी दंग देखिएका छन् । खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले आयोजक एन्फालाई नगरपालिकाको तर्फबाट मयुरको झ्याल मायाको चिनोको रुपमा प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...