News Portal

  • मध्यपुरमा भईरहेको भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ पुस २०७८
    ४८७ पटक
    भक्तपुर, २७ पुस २०७८

    भक्तपुरको मध्यपुर थिमिमा भईरहेको २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम भएको छ । नेपाल प्रहरीका गणेश रानाभाटले राष्ट्रिय किर्तिमान राख्न सफल भएका हुन् ।

    गणेशले सिनियर पुरुष ५५ केजी तौल समूहको क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका आयोजक नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले बताए। प्रतियोगितामा गणेशले नेपाली सेनाका तुलाराम महतोको १०० केजी तौलको किर्तिमान तोड्दै नयाँ राष्ट्रिय किर्तिमान बनाएका बताइएको छ ।

    सेनाका तुलारामले जारी प्रतियोगितामा आफैंले यस अघि राखेको ९८ केजीको राष्ट्रिय किर्तिमान तोड्दै १०० केजी तौल उठाएका थिए । लगत्तै गणेशले १०१ केजी उठाउदै राष्ट्रिय किर्तिमान राखेका हुन ।

    जारी प्रतियोगितामा राष्ट्रिय किर्तिमान राख्न सफल भएपनि गणेश स्वर्ण पदक प्राप्त गर्न असफल भए । तुलारामले स्न्याचमा ८३ केजी, क्लिनमा १०० गरी समग्रमा १८३ केजी भार बहन गर्दै स्वर्ण जिते भने गणेशले स्न्याचमा ७२ केजी र क्लिनमा १०१ केजी गरी समग्रमा १७३ केजी भार बहन गरी दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भए । तेश्रो स्थानमा बर्दियाका रमकुमार थारु रहे । उनले स्न्याचमा ६५ र क्लिनमा ९० केजी गरी कुल १५५ केजी भार बहन गरे ।

    प्रतियोगिताको पुरुष ५५ केजी युथतर्फ पर्साका राजन पटेलले स्न्याचमा ४२, क्लिन एण्ड जर्कमा ६० केजी गरी कुल १०२ केजीका साथ स्वर्ण हात पारे । यस तौल समूहमा युथमा प्रतिस्पर्धा गर्ने उनी एक्ला खेलाडी थिए ।

    यस्तै जुनियर तर्फ बाँकेका विनित योगी थारुले स्वर्ण जिते । उनले स्न्याचमा ७० केजी, क्लिनमा ९० केजीका साथ कुलमा १६० केजी भार बहन गरी स्वर्ण हात पारका हुन् । दोश्रो स्थानमा रहेका पर्साका धिरज गुप्ताले स्न्याचमा ६५ केजी, क्लिनमा ८० केजीका साथ कुल १४५ केजी भार बहन गरे । बर्दियाका सुदीप थारु कुलमा १४० केजीका साथ तेश्रो भए । उनले स्न्याचमा ६५ र क्लिनमा ७५ केजी भार बहन गरेका थिए ।

    महिलातर्फ युथ ४५ केजीतर्फ बर्दियाकी अरुणिमा थारुले स्वर्ण र सप्तरीकी अम्बिका यादबले रजत प्राप्त गरे । थारुले स्नाचमा ३८ केजी, क्लिन एण्ड जर्कमा ५० केजी गरी कुल ८८ केजी भार बहन गरिन् । यस्तै यादबले स्नाचमा ३० र क्लिनमा ३५ केजी गरी कुल ६५ केजी भार बहन् गरिन् ।
    ४९ केजी युथमा सप्तरीकी अञ्जली यादवले स्नाचमा ३५ केजी र क्लिनमा ४१ केजी गरी कुल ७६ केजीका साथ स्वर्ण प्राप्त गरिन् । यस्तै दाङकी निशा चौधरीले स्नाचमा ३४ केजी, क्लिनमा ३८ केजीका साथ कुल ७२ केजीका साथ रजत र झापाकी सोनीदेवी दासले स्नाचमा २८ केजी, क्लिनमा ४० केजी गरी कुलमा ६८ केजी भारका साथ कास्य प्राप्त गरिन ।

    जुनियर तर्फ ४५ केजीमा एक मात्र खेलाडी सप्तरीकी ज्योती मण्डलले स्नाचमा ३५ केजी, क्लिनमा ४० केजी गरि कुलमा ७५ केजी भार बहन गर्दै स्वर्ण प्राप्त गरिन् । ४९ केजीमा बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण जित्दा दाङकी सन्जना चौधरीले रजत पाईन् । दुई खेलाडीविच भएको प्रतिस्पर्धामा थापा मगरले स्नाचमा ४५ केजी, क्लिनमा ५६ केजीका साथ कुल १०१ केजी भार बहन गरी स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै चौधरीले स्नाचमा ३५, क्लिनमा ४७ केजी गरी कुलमा ८२ केजी भार बहन गरिन् ।
    महिला ४५ केजी सिनियरतर्फ नेपाली सेनाकी मनिषा रानाभाटले स्वर्ण जितिन् । उनले स्नाचमा ५२ केजी र क्लिनमा ६१ केजी गरी कुल ११३ केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले स्नाचमा ४८ केजी, क्लिनमा ६१ गरी कुलमा १०९ केजी भार बहन गरिन् । तेश्रो स्थानमा रहेकी नेपाल प्रहरीकी हिरामती थारुले स्नाचमा ४६ केजी र क्लिनमा ५५ केजीका साथ कुल १०१ केजी भार बहन गरिन् ।

    महिला ४९ केजी तर्फ प्रहरीका संगिता राईले स्वर्ण र तिला राईले रजत पाईन् । संगिताले स्नाचमा ५५ केजी र क्लिनमा ७३ केजी गरी कुल १२८ केजी भार बहन गरेकी थिईन् । तिलाले स्नाचमा ४३ केजी, क्लिनमा ५२ केजी गरि कुल ९५ केजी भार बहन गरिन् ।

    प्रतियोगिता बिहीवार सम्म चल्नेछ ।आयोजक नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बताए अनुसार युथ, जुनियर र सिनियर गरी पूरै विधामा ६ वटा इभेन्टसको प्रतियोगितामा विभिन्न जिल्लाबाट १४० खेलाडी सहभागी रहेका छन् ।

    प्रतियोगिताको उद्घाटन मंगलवार एक कार्यक्रमका बीच शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए । उद्घाटन समारोहमा शताब्दी पुरुष सत्यमोहन जोशी,मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी, भारोत्तोलनमा पहिलो स्वर्ण पदक बिजेता कमल अधिकारी, महिलातर्फ सञ्जु चौधरी र विकास थापालाई जनही रु १० हजार पुरस्कारसहित सम्मान गरिएको नेपाल भारोत्तोलन संघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...