News Portal

  • ओमान बिरुद्ध नेपालको शानदार जित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ माघ २०७८
    ८२४ पटक
    भक्तपुर, २८ माघ २०७८

    दिपेन्द्र ऐरीले शानदार ब्याटिंग गर्दै अर्धशतक बनाउदा ओमानलाई पराजित गर्दै नेपालले चार देशीय टि-२० अन्तर्राष्ट्रिय सिरिजमा विजयी सुरुवात गरेको छ।

    ओमानको अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको १३६ रनको लक्ष्य १९.३ ओभरमा ४ विकेट गुमाएर भेटायो।

    नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन बनाए जुन क्रममा उनले अविजित रहंदा ५३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्रको यो टि-२० अन्तर्राष्ट्रियमा व्यक्तिगत सर्वाधिक स्कोर हो भने दोश्रो अर्धशतक हो। दिपेन्द्रले यस अघि गत वर्ष घरेलु सिरिजमा नेदरल्याण्ड बिरुद्ध ६० रन बनाएका थिए।

    लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो रहेन। चौंथो ओभरमा आसिफ शेख र प्रदिप ऐरीलाई कलेमुल्लाहले क्याच आउट पारे। तेश्रो विकेटको लागि ज्ञानेन्द्र र दिपेन्द्रले ४० रन जोडे। एघारौं ओभरमा मल्ललाई आयान खानले रन आउट पारे। चौंथो विकेटको लागि दिपेन्द्र र आरिफले ४५ रन जोडे। अठारौं ओभरमा आरिफलाई खवर अलिले क्याच आउट पारे। त्यसपछि ऐरी र शरद भेसावकरले ३० रनको साझेदारी गर्दै जितसम्म डोर्याए। अन्तिम ओभरमा जित्न ९ रन आवस्यक हुँदा दिपेन्द्रले पहिलो र दोश्रो बलमा चौका प्रहार गरे।

    शरदले अविजित ४ रन बनाए। यस अघि आरिफ शेखले २५, आसिफ शेखले १४ तथा ज्ञानेन्द्र मल्लले १३ रन योगदान दिए।ओमानको बलिंगमा कलेमुल्लाहले २ विकेट ( ४-०-२४-२ ) तथा खवर अलिले १ विकेट लिए।

    टस हारेर ब्याटिंग गरेको ओमानले २० ओभरमा ६ विकेट क्षेतीमा १३५ रन बनाएको थियो। ओमानको लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४३ रन बनाए तथा मोहम्मद नदीमले ३१ रन योगदान दिए।

    नेपालको सुरुवात उत्कृस्ट रह्यो। पावरप्लेको ६ ओभर भित्र नेपालले कश्यप प्रजापति ( ११ ) , जतिन्दर सिंह ( १३ ) र आयान खान ( ११ ) को विकेट लियो। पहिलो ६ ओभरमा ओमानले ४३ रन बनाउदा ३ विकेट गुमायो जुन क्रममा अविनाश बोहरा, आरीफ शेख र कमल सिंह ऐरीले विकेट दिलाए। त्यसपछि दशौँ ओभरमा कप्तान सन्दिपले ११ रन बनाएका शोयब खानलाई पेभेलियन फर्काए। ५८/४ को अवस्थाबाट पाँचौ विकेटको लागि कप्तान मक्सुद र नदीमले ६१ रनको साझेदारी गरे। नदीमलाई अठारौं ओभरमा अविनाश बोहराले क्याच आउट गराए। मक्सुदले अन्तिमसम्म ब्याटिंग गरे।

    नेपालको बलिंगमा अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। कमल सिंह एरि ( ४-०-२५-१ ) , आरिफ शेख ( १-०-२-१ ) र सन्दिप लामिछानेले ( ३-०-१७-१ ) समान एक विकेट लिए। डेब्यु गरेका सागर ढकालले ३ ओभरमा ३६ रन खर्चेर विकेटविहिन रहे ।

    नेपालले ओमानलाई टि-ट्वान्टी अन्तर्राष्ट्रियमा पराजित गरेको यो नै पहिलो पटक हो। २०१९ मा ओमानमा आयोजित पाँच देश सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल ओमानसंग ६ विकेटले पराजित भएको थियो। दोश्रो भेटमा भने नेपाल ओमानलाई पराजित गर्न सफल भएको छ ।

    टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा ओमान १७ औं स्थानमा छ भने नेपाल १२ औं स्थानमा छ। वरियतामा नेपाल माथि भएता पनि घरेलु भूमि तथा टि-ट्वान्टी विश्वकपको अनुभवले ओमानलाई बलियो टिम मानिन्छ।

    सिरिज अन्तर्गत दोश्रो खेलमा नेपालले शनिवार युएईसंग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ।

    खेलको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टिभीले गर्नेछ भने युट्युबमा OsrSports तथा दराज एप बाट समेत हेर्न सकिनेछ। यस्तै फेसबुकमा Sports Eye तथा युट्युबमा CricTracker च्यानलबाट समेत प्रत्यक्ष प्रशारण हेर्न सकिने बताईएको छ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...