News Portal

  • देउराली डोजोले उचाल्यो गणेशमान स्मृति करातेको उपाधी, भक्तपुर मेन डोजो द्वितीय

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० फागुन २०७८
    ८६० पटक
    भक्तपुर, २० फागुन २०७८

    मध्यपुर थिमीमा आयोजित सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको छ । मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे जिल्ला व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको हो ।

    देउराली डोजोले ९ स्वर्ण, ६ रजत र ३ कास्य सहित प्रथम स्थान हाँसिल गरेको छ । टिम प्रथम भएको उक्त डोजोले नगद रु २० हजार सहित ट्रफीबाट सम्मान हात पार्न सफल भएको आयोजकले जनाएको छ ।

    यस्तै प्रतियोगितामा टिम द्वितीय भने भक्तपुर मेन डोजो भएको छ । भक्तपुर मेन डोजोले ६ स्वर्ण, ६ रजत र ५ कास्य सहित दोस्रो स्थान हाँसिल गरेको हो । दोस्रो हुने टिमले नगद रु १० हजार सहित ट्रफी प्राप्त गरेको छ ।

    यस्तै टिम तृतीय भने मध्यपुर थिमी डोजो भएको छ । मध्यपुर थिमी डोजोले १ स्वर्ण, ४ रजत र ७ कास्य पदक हाँसिल गरेको छ । टिमले नगद रु ५ हजार र ट्रफि हाँसिल गर्न सफल भएको आयोजकको भनाइ छ ।

    प्रतियोगितामा उदयमान खेलाडी प्रज्ञा गुरुङ्ग र अनुशासित टिम नगदेश डोजो हुन सफल भएका छन ।

    यस्तै महिला तर्फ कञ्चन नेपालीले उत्कृष्ट खेलाडीको उपाधी संगै माउन्टेन बाइक पुरस्कार प्राप्त गरेकी छन् भने पुरुष तर्फ विद्या आर्जन स्कुलका सुलभ भुजुले उत्कृष्ट खेलाडी हुँदै माउन्टेन बाइक प्राप्त गरेका बताइएको छ ।

    कार्यक्रममा वागमति प्रदेश भौतिक योजना मन्त्री कृष्णलाल भँडेलले स्वास्थ्यका लागि मात्र नभएर देशका लागि खेलकुद भन्दै खेलको विकासमा सबै तहका सरकारले काम गर्नु पर्ने बताएका थिए । उनले खेलको विकासमा आफूले सकेको सहयोग समेत गर्ने भन्दै उनले खेलको विकास सँगै देशको पनि विकास हुने बताएका थिए ।

    यस्तै प्रतियोगिता समापन कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाकी उपमेयर अञ्जना मधिकर्मीले खेल विकासका लागि नगरले जस्तो पनि योगदान दिन तयार भएको बताएकी थिईन । उनले मध्यपुरलाई खेलकुदको हव नै बनाउने हेतुले आफूहरुले विभिन्न काईक्रम आयोजना गर्दै आएको बताएकी थिईन ।

    मध्यपुर सितेरियो कराते डोजोका अध्यक्ष कालु राम धेकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्वर १ का सभापति जीवन खत्री, मध्यपुर थिमी नगरपालिका वडा नम्वर ९ का कार्यवहाक अध्यक्ष उद्दव खड्का, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ लगाएतका अतिथिले खेलको विकासमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...