News Portal

  • भक्तपुर नगरपालिकाद्वारा १ अर्ब २० करोड बिदेशी अनुदान अस्वीकार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ बैशाख २०७९
    १०७९० पटक
    bhaktapur municipalityभक्तपुर, ९ बैशाख २०७९

    भक्तपुर नगरपालिकाले १ अर्ब २० करोड रुपैया (१ करोड युरो) बिदेशी अनुदान अस्वीकार गरेको सार्वजनिक गरिएको छ । उक्त अनुदान भक्तपुरको हितमा नभएको कारण अस्वीकार गरिएको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सार्वजनिक गरेका हुन् ।

    शुक्रवार नगरवासीका नाममा सम्बोधन गर्दै प्रमुख प्रजापतिले भूकम्पपछि भक्तपुरको पुनर्निर्माणका लागि प्राप्त बिदेशी अनुदान दाताका बिभिन्न सर्तका कारण नगरका लागि हितकर नभएकोले अस्वीकार गरिएको प्रष्ट पारे । भूकम्पपछि नेपाल सरकार र जर्मनी सरकारबीच भक्तपुरको सम्पदा पुनःनिर्माणको लागि रु. १ अर्ब २० करोड रुपैया अनुदान सम्झौता भएको भन्दै प्रमुख प्रजापतिले त्यसमा दाताका सर्त प्रतिकूल पाइएकाले भक्तपुर नगरपालिकाले नलिएको जानकारी दिए ।

    एमसीसी अन्तर्गत अमेरिकी सरकारको ५० करोड डलर (५५ अर्ब रुपैयाँ) अनुदानमा संघीय सरकार फसेको आरोप लागिरहँदा भक्तपुर नगरपालिकाले भने अनुदान सम्झौतामा चित्त नबुझ्दा १ अर्ब २० करोड रुपैया लिन इन्कार गरेको देखिएको छ । ”हामी विदेशीसँग सहयोग मागेर बनाएका सम्पदाहरुबाट खुशी हुनुभन्दा आप्mनै पौरखमा जीर्णोद्धार र पुनःनिर्माण भएको सम्पदाहरुप्रति गर्व गर्छौँ ।” सम्बोधनमा नगर प्रमुख प्रजापतिले भने । आत्मस्वाभिमानी पूर्वक आत्मनिर्भर भएर बाँच्न नेमकिपाले सिकाएको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले सोहीकारण नगरपालिकाले नगरको अहित हुने अनुदान अस्वीकार गरेको जिकिर गरे ।

    २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त र अन्य गरी १ सय ३८ भन्दा बढी सम्पदाहरुमध्ये अधिकांश सम्पदाहरुको जीर्णोद्धार र पुनःनिर्माण नगरपालिकाले सम्पन्न गरेको उनले बताए । २६ वटा मन्दिर, ४२ वटा पाटी, ८ द्यःछें, ४ वटा प्रवेशद्वार, ११ पोखरी, ७ इनार, ८ वटा सत्तल, ७ ढुङ्गेधारा र ९ वटा अन्य गरी हालसम्म १ सय २२ वटा सम्पदाहरूका जीर्णोद्धार सम्पन्न भएका उनको भनाइ छ । यसबीच खौमा ढोका, वत्सला मन्दिर पुनःनिर्माण, ङातापोल्हँ र भैरवनाथ मन्दिर जीर्णोद्धार सम्पन्न भयो भने गय्ःभिन्द्यो पुल, भनपा १ स्थित रानीपोखरी र छिपा ताँ पनि पुनःनिर्माण सम्पन्न भएका छन् । त्यसैगरी बाराही पुल, हनुमानघाट पुल, ब्रम्हायणी पुल, धाँलाखुसी र लिवाली पुल निर्माणाधीन अवस्थामा रहेका मेयर प्रजापतिले जानकारी गराएका छन् ।

    ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नारालाई सार्थक बनाउन सम्पदाहरु संरक्षण र सम्बर्द्धनमा जोड दिइएको, जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति लिइएको र त्यो सफल मोडल बनेको उनले बताए । सम्पदा पुनःनिर्माण र जीर्णोद्धारको काम ठेक्काबाट गर्न नहुनेमा स्पष्ट अडान प्रस्तुत गर्दै नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत काम गराउँदा स्थानीय श्रोत साधन तथा सीप र प्रविधिको प्रयोग हुने, सम्पदाप्रति अपनत्व कायम हुने, गुणस्तरीय निर्माण हुने र स्थानीय जनताले रोजगारी पाउने उल्लेख गर्दै यसलाई बढावा दिइदै आएको बताएका छन् । नगरपालिकाले आन्तरिक श्रोतबाट हुने अधिकांश विकास निर्माणका कामहरुलाई उपभोक्ता समितिमार्फत गर्दै आएको उनले प्रष्ट पारे । निर्माणको यो मोडल ‘ख्वप मोडल’ का रुपमा अन्य नगरपालिकाले पनि अनुकरण गर्न खोजिरहेका उनको दावी छ ।

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय नेता समेत रहेका प्रमुख प्रजापतिले पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको भविष्यको कल्पना गर्दै २०५९ असोजमा प्रकाशित गरेको ‘सय वर्षपछिको भक्तपुर’ नामक पुस्तकलाई पथप्रदर्शक सिद्धान्त मानेर आफूहरुले काम गरेको समेत बताए । ”हामी भक्तपुरलाई सफा, सुन्दर र शान्त नगरको रुपमा विकास गर्ने कोसिस गर्दैछौं ।” उनले भने । २०७२ सालको भूकम्पपछिको पुन:निर्माणको चुनौतीमा कोभिड महामारीले थप चुनौती दिएर जनजीवन कष्टकर बनाउदा पनि जनताको जिउँज्यान जोगाउन र घरबस्तीका साथै सम्पदा पुन:निर्माणमा आफ्नो सक्दो शक्ति लगाएर नगरपालिकाले काम गरेको मेयर प्रजापतिको भनाइ छ ।

    यो पनि

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेको सम्बोधनको पूर्णपाठ

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...