News Portal

  • राहदानीको सम्पर्क मितिमा अर्कैको विवरण आएपछि सिडिओ शर्माको यस्तो निर्देशन

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, १८ जेठ २०७९
    २५०५ पटक
    CDO rudradevi sharmaभक्तपुर, १८ जेठ २०७९

    राहदानी विभागले विद्युतीय राहदानीको व्यवस्था गरेको छ । यसको लागि अनलाइनबाट फाराम भरेर मिति र समय बुक गरेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विभागमा सो समयमा सम्पर्क गरी अनलाइन बाटै फारम भर्न सकिन्छ । राहदानी प्राप्त गर्न अनलाइन फारम अनिवार्य हो । यो प्रविधि संग सम्बन्धित भएकाले सोर्सफोर्स वा आर्थिक चलखेल नचल्ने र जसले पहिले समय लिन्छ उसको काम पहिले हुने विश्वास गरिन्छ ।

    तर, प्रविधि पनि मानिसले बनाएको हुँदा यसमा समेत समस्या देखिएको छ । बुधवार भक्तपुरमा एक सेवाग्राही आफूले अनलाइनबाट पाएको मिति र समयमा जिल्ला प्रशासन कार्यालयमा पुग्दा उनले पाएको संकेत नम्बरमा अर्कै व्यक्तिको विवरण देखिएपछि छक्क परे । आफूले अनलाइनबाट पाएको संकेत कोडले सम्पर्क मितिमा भने अर्कै व्यक्तिको विवरण देखाएपछि उनले सिडिओ रुद्रादेवी शर्मासंग गुनासो गरे । आफूले २ महिना कुरेर आएको पालोमा अर्कैको विवरण देखिएपछि उनले दुख व्यक्त गर्नु स्वाभाविकै हो । सिडिओ शर्माका लागि यो कुरा एउटा सेवाग्राहीको समस्या संग मात्र जोडिएको थिएन, प्रविधिमा समस्या वा प्रविधिको दुरुपयोग दुईमा कुनकुरा भएको हो भन्ने बुझ्न उनले तुरुन्तै तत्परता देखाउनुको बिकल्प थिएन ।

    सिडिओ शर्माले तुरुन्तै सम्बन्धित शाखाका कर्मचारी र अनलाइन फारम भरी मिति निश्चित गर्ने नजिकैका साइबर संचालकहरुलाई बोलाइन र कारण पत्ता लगाउन प्रयास गरिन । अनुसन्धानका क्रममा भक्तपुरमा एउटै सम्पर्क नम्बर प्रयोग गरी धेरै जनाको नाममा मिति र समय बुक गरीएको पाइएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुर सतर्क भएको छ । सम्पर्क मिति र समय होल्ड गरी चलखेल भएको आशंकामा भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले अनुसन्धान गर्न सम्बन्धित शाखालाई निर्देशन दिएकी छन् । उनले कार्यालय नजिक रहेका अनलाइन फारम भर्ने साइबर संचालकहरुलाई एउटाको संकेत नम्बरमा अर्काको विवरण  चेतावनी समेत दिएकी छन् ।

    सिडिओ शर्माले हेर्दा सामान्य जस्तो भएपनि यो निकै गम्भीर कुरा भएको र यसमा संलग्नले कानुनी कारवाहीको भागिदार बन्नुपर्ने बताउदै कार्यालयमा यो समस्या दोहोरीए सम्बन्धित सबै साइबरका कम्युटर ल्याएर अनुसन्धान गरिने र दोषीलाई कडा कारवाही गर्ने बताइन । उनले यसबारे राहदानी विभागका साइबर विज्ञहरु संग बुझेर आवश्यक अनुसन्धान अघि बढाइने चेतावनी दिंदै राहदानी शाखालाई समेत थप सचेत रहन र सेवाग्राहीहरुको गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएकी छन् ।

    भक्तपुरमा दैनिक ४ दर्जन बढी अनलाइन फारम भर्ने गरिएको छ । भरिएका फारमहरुको राहदानी १ हप्ता भित्र उपलब्ध हुने जिप्रका भक्तपुरमा राहदानी शाखा प्रमुख रहेकी प्रशासकीय अधिकृत लुमा श्रेष्ठले जनाएकी छन् । उनले बताए अनुसार जिल्लामा हप्ताको दुई पटक राहदानी वितरण हुँदै आएको छ ।

    यो पनि

    राहदानीको लागि निवेदन दिने तरिका

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...