नेपाल र युएईविरुद्धको खेल वर्षाका कारण रद्ध भएको छ। खेल रद्ध भएसँगै नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको हो । नेपाल सेमिफाइनलबाट बाहिरिदाँ युएई भने फाइनल पुगेको छ।
एसियन क्रिकेट काउन्सिलको नियम अनुसार सेमिफाइन खेल प्रभावित भएमा समुहको शिर्ष स्थानमा रहेको टिम विजेता हुने प्रावभान रहेको छ । जसअनुसार युएई फाइनलमा प्रवेश गरेको हो ।
मलेसियाको किनरारा ओभलमा भएको खेलमा युएईले टस हारेर पहिले ब्याटिङ् गरेको थियो। युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो। युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन जोडेको थियो।
नेपालले ब्याटिङ् गर्न नपाउँदै वर्षाले खेल रद्ध भएको थियो।
फाइनल पुग्ने दुई टोली महिला टी २० एसिया कप क्रिकेटमा छनोट हुनेछन्।