News Portal

  • लामिछानेको नेतृत्वमा भक्तपुर रग्वी संघ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ असार २०७९
    ९४१ पटक
    भक्तपुर, २३ असार २०७९

    नेपाल रग्वी संघ भक्तपुरको अध्यक्षमा दिपेश लामिछाने चयन भएका छन । बिहीवार रग्वी संघ भक्तपुरको भेलाले अध्यक्षमा लामिछानेलाई चयन गरेको हो ।

    लामिछानेको नेतृत्वमा पुनर्गठन गरिएको कार्यसमितिको उपाध्यक्षमा विश्व थिङ्ग र प्रद्युम्न श्रेष्ठ, सचिवमा निराकार भारती र कोषाध्यक्षमा सुष्मा कार्कीलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा विनोद लामिछाने, उत्तम श्रेष्ठ, सुनिल न्हेम्हाफुकी, जनार्दन लामिछाने, सुन्दर प्रधान र विवेष बासु रहेका छन ।

    भेलाले सिंगो कार्यसमिति निर्विरोध चयन गरेको नेपाल रग्वी संघ भक्तपुरले जनाएको छ । भक्तपुरमा रग्वी प्रति युवाको कम आकर्षण भएतापनि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित भँगेरी डाँडामा अन्तर्राष्ट्रिय रग्वी रंगशाला निर्माण कार्य भइरहेको छ । नवनियुक्त अध्यक्ष लामिछानेले जिल्लामा विभिन्न प्रशिक्षण र प्रतियोगिता गरी रग्वी खेलप्रति आकर्षण बढाउने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष...

    राप्रपाबाट निर्वाचित सांसद निलम्बित

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३...

    रक्सि नखाउ भन्दा गयो ज्यान

    रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२...