News Portal

  • तौल कम गर्न कुन भिटामिन खाने ?

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २८ असार २०७९
    ६९५ पटक
    भक्तपुर, २८ असार २०७९

    विशेषगरी तौल कम गर्नका लागि उत्कृष्ट डाइटको छनोट गर्न अत्यावश्यक छ । केही यस्ता भिटामिन र मिनरल्स छन् जसको मद्दतले तपाईं तीब्र रुपमा आफ्नो तौल घटाउन सक्नुहुन्छ साथै यसमार्फत् शरीरलाई थुप्रै लाभसमेत प्रदान गर्न सक्नुहुन्छ ।

    तौल घटाउनका लागि भिटामिन बी कम्प्लेक्स निकै असरदार हुन्छ । भिटामिन मेटाबोलिजमलाई बुस्ट गर्न असरदार हुनसक्छन् । यसले तपाईंको शरीरको तौल कम हुन्छ । शरीरमा भिटामिन बीको कमी पुरा गर्नका लागि तपाईं गुडागुडी, मुसुरोको दाल, दुध, अण्डा, केरा, आलुजस्ता खानेकुराको सेवन गर्न सक्नुहुन्छ ।

    भिटामिन डीले तपाईंको शरीरको प्रतिरोधी क्षमता वृद्धि गराउँछ । सूर्यको किरणबाट भिटामिन डी पर्याप्त मात्रामा पाउन सकिन्छ । यसको पूर्तिका लागि केही विशेष खाद्य पदार्थ जस्तै दुध, माछा, अण्डा, पनिर इत्यादिको सेवन गर्न सकिन्छ । शरीरमा भिटामिन डी तौल कम गर्नमा प्रभावकारी हुने गर्छ । अनुसन्धानले पनि भिटामिन डी को सप्लिमेन्ट लिँदा शरीरको तौल नियन्त्रणमा रहेको देखाएको छ ।

    भिटामिन सी अन्य भिटामिसको अवशोषणका लागि आवश्यक हुन्छ । यसबाहेक भिटामिन सी फ्याट अमिनो एसिडको उत्पादनमा पनि सहयोगी हुनसक्छ । यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने भिटामिन सीले भरपुर खानेकुरा खानुहोस् । शरीरमा भिटामिन सीको पूर्तिका लागि अमिलो खानेकुरा जस्तै मौसम, कागती, सुन्तला, भुँइकटहर, गोलभेडालगायतका खानेकुरा खानुपर्छ ।

    तौल कम गर्नका लागि यी भिटामिनयुक्त सन्तुलित आहारका साथै नियमित रुपमा हल्का–फुल्का व्यायाम पनि गर्नुपर्दछ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...