News Portal

  • भोली भक्तपुरमा साइकलिङ च्यालेन्ज हुने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३१ असार २०७९
    ७२५ पटक
    भक्तपुर, ३१ असार २०७९

    भक्तपुरमा भोली शनिबार साइकल कनेक्ट भक्तपुरको आयोजनामा कोरा भक्तपुर साइकलिङ च्यालेन्ज हुने भएको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा भोलि बिहान ६ बजे बाट कार्यक्रम सुरु हुने कोरा भक्तपुरका क्यापटेन सुनिल ख्याजुले जानकारी दिए ।

    ख्याजुका अनुसार भक्तपुरबाट ५०,७५ र १०० कि.मी को तीनवटा रुट निर्धारण गरिएको छ । हालसम्म ५० कि.मी रुटको लागि १२० पुरुष र ८ महिलाले आवेदन दिएका छन् । ७५ कि.मी रुटको लागि ४५ पुरुष र २ महिला, १०० कि.मी रुटको लागि १०४ पुरुष र ३ महिलाले आवेदन दिएको ख्याजुले जानकारी दिए ।

    कोरा भक्तपुरले विगत एक वर्षदेखि हरेक हप्ता साइकल सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष सुनिल बालाले बताए । साइकलिङ शारीरिक रुपमा मात्र नभई मानसिक स्वास्थ्यको लागि पनि उत्तिकै लाभदायी भएकाले साइकलिङको विकास र प्रर्वधनमा जोड दिन उनले आग्रह गरेका छन् । अहिले नेपालमा रहेका विभिन्न साइकल क्लबहरु मध्ये सबैभन्दा सक्रिय समुहको रुपमा कोरा भक्तपुर रहेको पनि उनले दाबी गरे ।

    भोलि बिहान ६ बजे बाट भक्तपुर दरबार स्क्वायरमा भेला भएर साइकल यात्रा सुरु हुने छ । सफलतापुर्वक च्यालेन्ज सकाउने सहभागीहरुलाई मेडलले सम्मान गरिनेछ ।

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...