युवा चित्रकार पल्पसा मानन्धर चित्रकलामा नयाँ नाम होइन । सानै उमेर देखि चित्र कोर्न थालेकी मानन्धरका चित्रहरु मनमोहक मात्र छैनन, उनलाई युवा पुस्ताको आशालाग्दो चित्रकारको परिचय दिलाउन पनि पर्याप्त छन् । काठमाडौँको भीमसेनस्थानमा जन्मिएकी मानन्धर भक्तपुरकी भान्जी हुन । उतीबेला पढाईमा प्रेसर गर्ने घर र मावली यतिबेला भने पल्पसाले चित्रकारको रुपमा कमाएको नाम र काम देख्दा दग देखिन्छन ।
स्कुले उमेरमा पढाइमा भन्दा चित्र कोर्नमा ध्यान दिएको भन्दै आमाले गरेको गाली र शिक्षकहरुको हप्की दप्कीले पनि उनी भित्रको कलालाई रोक्न सकेन । ”चित्र बनाउदा उतीबेला आमाले सधैँ गाली गर्नु हुन्थ्यो।” उनी विगत सम्झन्छिन । त्यती मात्र होइन चित्र कोरैकै कारण शिक्षकको कुटाइ खाएको उनलाइ हिजो झै लाग्क्ष । ‘४ कक्षामा अंग्रेजी शिक्षकले पढाउँदै हुनुहुन्थ्यो,चित्र कोरेर बसेको देखेपछि राम्रैसँग चड्काउनुभयो।’ बिगत सम्झदै उनले भनिन ।
तर, खाने मुखलाई जुगाले छेक्दैन भने झै उनको चित्रकारिता पनि कसैले रोकेर रोकिएन । बिस्तारै माहोल परिवर्तन हुँदै गयो । परिवारकी कान्छी छोरी पल्पसालाई उनका दिदीहरुले पनि प्रोत्साहित गर्न थाले । मावलीमा हजुरआमा र मामाहरुले सम्झाएपछी आमाले पनि गाली गर्न कम गर्नुभयो, बुबाले चित्र कोर्न हौसला दिन लाग्नुभयो । एसएल्सी पछी बुबाले ललित कला क्याम्पसमा भर्ना गरिदिने कुरा गरेपछी उनले आफ्नो चित्रकार बन्ने सपना पुरा हुन लागेको महसुस गरिन । उनी आफू चित्रकार बन्नुमा आफ्नो बुवालाई प्रेरणको स्रोत पनि मान्छिन् ।
मानन्धरको परिवारमा उनको हजुरआमाको दाई मनोहरमान आफ्नो बेलाका चर्चित चित्रकार थिए । मनोहरमानले कोरेको चित्र नबुझे पनि त्यसले उनलाई ती चित्रले चित्रकार बन्न प्रेरित गरेको उनी सुनाउछिन । एसएलसीपछि उनी चित्र कला पढ्नका लागि ललितकला पुगिन् तर उनको रोजाइमा सिर्जना कलेज पर्यो। त्यहा उनले चित्रकलाबारे ज्ञान बढाउने अवसर प्राप्त गरिन र चित्रकारितामा थप निखारिदै गइन । उनलाइ शशी शाह्का पेन्टिन्ग असाध्यै मन्पर्च्।
मानन्धरले थुप्रै बालकथाकारका कथामा चित्र कोरेकी छन् । २० भन्दा बढी बालकथामा चित्र कोरिसकेकी उनलाई बालाचित्रले छुट्टै मजा दिन्छ। आफ्नो बच्चाको याद दिलाउने यस्ता चित्र कोर्दा उनी बालबालिकाको मनोविज्ञान अनुरुपका सजिलै बुझ्ने चित्रलाई प्राथमिकता दिने गरेको बताउछिन ।’
मानन्धरले थुप्रै राष्ट्रिय अन्तराष्ट्रिय चित्र प्रदर्शनीमा पनि सहभागिता जनाएकी छन्। उनी ‘इलुस्ट्रेसन वर्कसप’का लागि लण्डन र डेनमार्क सम्म पुगेकी छन् ।
मानन्धरले अहिलेसम्म ३ दर्जन बढी प्रोफेसनल पेन्टिङ बनाइसकेकी छन् । उनलाई पेन्टिङ बनाउनका लागि अर्डर पनि आउँछ । चित्रहरुको राम्रो बजार भएको उनको भनाइ छ। आफूले बनाएका पेन्टिङहरु बेचेर आम्दानी पनि गरिरहेकी उनी भन्छिन, ”चित्रकारिता रहर मात्र होइन, राम्रो पेशा पनि हो। ” उनले अहिलेसम्म बेचेको पेन्टिङको सबैभन्दा महँगो मूल्य भने ८० हजार रहेको छ ।
विदेशतिर जस्तो चित्रकारिताको बिकास नेपालमा अझै धेरै हुन् बाँकी रहेको उनी बताउछिन । विदेशमा आर्ट भिलेज भन्ने हुन्छ, आर्टिस्टहरु जम्मा भएर चित्र बनाउँछन्ए र एक आपसमा अनुभव आदानप्रदान गर्छन, सहकार्य गर्छन । तर, नेपालमा त्यस्तो वातावरण नभएकोमा उनी चिन्ता व्यक्त गर्छिन।
नेपाली चित्रलाई बिकास गर्न स्थानीय, प्रदेश र संघीय सरकारले योजना ल्याउनुपर्ने उनको भनाइ छ। नेपाली चित्रलाई विश्व बजारसम्म पुर्याउनका लागि सरकारले पहल गर्ने सके चित्रकारलाई मात्र नभई देशलाई नै फाइदा पुग्ने उनी बताउछिन ।