News Portal

  • विकासमा भक्तपुर मोडल जस्तै नेपाल मोडल आवश्यक : मन्त्री ढकाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ साउन २०७९
    १७१९ पटक
    ratna dhakal and sunil prajapatiभक्तपुर, २८ साउन २०७९

    बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले भक्तपुरको विकास नमूनाको रुपमा रहेको बताएका छन् । विकासमा भक्तपुर मोडल जस्तै नेपाल मोडल बनाउनुपर्ने उनको भनाइ छ ।

    शनिवार भक्तपुर नगरपालिका आइपुगेका मन्त्री ढकालले आफू भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा जनतालाई पुर्याएको सेवाबाट प्रभावित भएको भन्दै विकासमा भक्तपुर मोडल जस्तै नेपाल मोडल बनाउनुपर्नेमा जोड दिए । ”नेताहरु विकासका मोडल हेर्न विदेश जानुहुन्छ तर भक्तपुर बाटै सिक्न सके विदेशीलाई विकासको नेपाल मोडल हामी दिन सक्छौं ।” भक्तपुर नगरपालिकाप्रति विश्वास व्यक्त गर्दै उनले भने ।

    समाजवादउन्मुख अर्थतन्त्रको विकासमा भक्तपुर नगरपालिकाले अग्रणी र अनुकरणीय भूमिका निर्वाह गरिरहेको बताउदै उनले संघ, प्रदेश र देशका अन्य स्थानीय तहहरुको लागि भक्तपुर नगरपालिकाले गरिरहेको काम उदाहरणीय र सिक्नयोग्य भएको दावी गरेका थिए । आफू विद्यार्थीकालदेखि नै भक्तपुरबाट प्रभावित रहेको खुलासा गर्दै मन्त्री ढकालले भक्तपुरलाई प्रदेश सरकार र आफ्नो मन्त्रालयको सदैव साथ् रहने उद्घोष समेत गरे ।

    उक्त अवसरमा मन्त्री ढकालले भक्तपुरमा महेश्वरी रंगशाला निर्माण र सहिदस्मृति खेलमैदानलाई कभर्ड हलको रुपमा विकास गर्न नगरपालिकासँग सहकार्य गर्दै प्रदेशले सहयोग गर्ने प्रतिबद्धता समेत प्रकट गरे । प्रदेशस्तरको खेलकुद प्रतियोगिता आयोजनाको लागि खेलकुद पूर्वाधार अभाव हुन नदिन प्रदेश सरकारले प्रादेशिक खेलमैदानलाई स्तरोन्नति गर्दै रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको जानकारी गराउदै मन्त्री ढकालले जिल्ला र स्थानीय तहमा समेत यस्ता पूर्वाधार विकासमा प्रदेश सरकार अघि बढेको बताए । उनले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले विकासको नयाँ मोडल स्थापित गर्न मद्दत पुर्याउने समेत विश्वास व्यक्त गरेका थिए ।

    कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा जस्तै खेलकुद क्षेत्रलाई पनि महत्वका साथ् अघि बढाइएको र त्यसका लागि प्रदेश सरकारको सहयोग रहने अपेक्षा गरे । भक्तपुर नपाले नियमित ६ वटा खेलको प्रशिक्षण, विद्यालयहरुमा पूर्णकालीन खेल प्रशिक्षकहरुको नियुक्तिका साथै अन्तर नगर खेलकुद र अन्तर विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै खेलकुदलाई नागरिक जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने प्रयास गरिरहेको उनले जानकारी गराएका थिए ।

    उनले भक्तपुर नपाको ठाउँ ठाउँमा खेलकुद कभर्ड हलको निर्माणको क्रम जारी रहेको अवगत गराउदै महेश्वरीमा रंगशाला निर्माण र सहिदस्मृति खेलमैदानलाई कभर्डहलको रुपमा स्तरोन्नति गर्न प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । प्रमुख प्रजापतिले मन्त्री ढकाललाई भादगाउँले टोपी र खादाले स्वागत गर्नुका साथै नपाका केही प्रकाशन र मयुर झ्याल मायाको चिनोको रुपमा प्रदान गरी बिदाइ गरेका थिए ।

    ratna dhakal

    उक्त समारोहमा उपप्रमुख रजनी जोशी, वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, खेलकुद समितिका संयोजक एवं वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा लगायतले भक्तपुरमा खेलकुदको अवस्था र भावी योजना सुनाएका थिए । त्यसैगरी ख्वप कलेज अफ इन्जिनियरिङका इन्जिनियर अमिल प्रजापतिले महेश्वरी खेलमैदान र सहिद स्मृति खेलमैदानको प्रस्तावित डिजाइन प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...