News Portal

  • भक्तपुर-२ मा गठबन्धनका थापा र एमालेका बस्नेतबीच रोमाञ्चक भिडन्त, २६ मनोनयन दर्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ असोज २०७९
    १३५० पटक
    भक्तपुर, २३ असोज २०७९

    देशकै बढी मतदाता रहेको भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न २६ जनाले मनोनयन दर्ता गराएका छन् । आइतवार उनीहरुले बोडेस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् ।

    अघिल्लो पटक निर्वाचित निवर्तमान सांसद एवं पूर्व मन्त्री महेश बस्नेतले यसपटक पनि नेकपा(एमाले) बाट उम्मेद्वारी दिएका छन् । उनी नेकपा(एमाले) का पोलिटब्युरो सदस्य एवं युवा संघका इन्चार्ज समेत हुन् ।

    उनलाई परास्त गर्न सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा क्षेत्री चुनावी मैदानमा उत्रिएका छन् । गत चुनावमा बाम गठबन्धनको बल बस्नेतलाई भएपनि यसपटक बाम लोकतान्त्रिक गठबन्धन बनेकाले थापा बलिया बनेका छन् । दुबै यस क्षेत्रका रैथाने नेता रहेका र आफूले रोजेका प्रदेश सभाका उम्मेदवार समेत पाएकाले चुनावी भिडन्त रोमाञ्चक हुने राजनीतिक विश्लेषकहरु बताउछन । गत स्थानीय निर्वाचनमा मध्यपुर थिमिमा गठबन्धन र सूर्यविनायक नगरमा एमाले नेतृत्वको बिजयले वर्तमान प्रतिस्पर्धा थप रोमाञ्चक बनाएको बताइन्छ ।

    यस क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका नेता बिष्णुराज कार्कीले प्रदेश ‘क’ सूर्यविनायक क्षेत्रबाट उम्मेद्वारी दर्ता गराएका छन् भने उक्त क्षेत्रमा नेकपा (एमाले) का नेता एवं निवर्तमान वडाध्यक्ष किरण थापामगर मैदानमा उत्रिएका छन् । काँग्रेसका उम्मेदवार कार्की र एमालेका उम्मेदवार थापामगर दुबैले गत स्थानीय चुनावमा मेयरको टिकट दावी गरेका थिए तर मेयरको टिकट नपाएका उनीहरु संयोगबस प्रदेश सभामा आमनेसामने भएका छन् ।

    प्रदेश ‘ख’ मध्यपुर थिमि नगर क्षेत्रमा भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता डा राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका उनी अघिल्लो पटक यसै क्षेत्रबाट निर्वाचित प्रदेश सांसद समेत हुन् । उनलाई परास्त गर्न नेकपा(एमाले) बाट चन्दन कृष्ण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । राप्रपा पृष्ठभूमिका श्रेष्ठ सफल व्यवसायी समेत हुन् ।

    नेमकिपाको तर्फबाट भने अघिल्लो निर्वाचनमा पनि उम्मेदवार रहेकी नेतृ अनुराधा थापामगरले प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराएकी छन् । प्रदेश सभाका लागि ‘क’ सूर्यविनायक नगर क्षेत्रमा पनि पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईकै उम्मेद्वारी परेको छ भने ‘ख’ मध्यपुर थिमि क्षेत्रमा रमेश वैद्यले उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रतिनिधि सभामा २६ उम्मेद्वारी दर्ता भएको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभामा भने क र ख दुबै क्षेत्रमा १४ जनाको उम्मेद्वारी परेको निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बहादुर बिसीले बताए । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुको समेत आकर्षण देखिएको छ । (सच्याइएको : अनुराधा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।)

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...