News Portal

  • जीत कायम राख्ने निवर्तमान सांसद बस्नेतको जिकिर

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० असोज २०७९
    ५९८ पटक
    भक्तपुर, ३० असोज २०७९

    नेकपा (एमाले) का तर्फबाट भक्तपुर २ मा उम्मेदवार रहेका निवर्तमान सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले जीत कायम राख्ने जिकिर गरेका छन् । आफ्नो नेतृत्वमा भक्तपुरले बिकासको काचुली फेरेको बताउदै उनले आफूहरुलाई जनताले जिताउने जिकिर गरेका हुन् ।

    एमाले निकट प्रेस चौतारी भक्तपुरद्वारा आयोजित ‘उम्मेदवारसंग संचारकर्मी’ विषयक एक कार्यक्रमलाई आइतवार सूर्यविनायकमा संवोधन गर्दै उम्मेदवार बस्नेतले सत्तारुढ गठबन्धन नेताहरु बीचको मात्र गठबन्धन भएको आरोप लगाए । सत्ता गठबन्धनलाई उनीहरुकै कार्यकर्ता र जनताले स्वीकार नगरेको उनको दावी छ । उनले निर्वाचनमा तेब्बर बढी मत ल्याएर जित्ने समेत जिकिर गरे ।

    निर्वाचन पछि बालकोट निवासी आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीले सिंहदरवारको नेतृत्व गर्ने उद्घोष गर्दै नेता बस्नेतले सरकारको नेतृत्व अध्यक्ष ओलीले गर्ने र आफू पनि त्यसमा सहभागी हुने बताउदै सिंहदरवारले भक्तपुरलाई खोज्दै आउँन एमालेले जित्नुको बिकल्प नभएको बताए ।

    उक्त अवसरमा निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभा तर्फका उम्मेदवार किरण थापामगरले आफू वडाध्यक्ष हुँदा गरेको कामलाई सम्झेर पार्टीले उम्मेदवार बनाएको बताउदै वडाध्यक्ष हुदाँको जस्तै जनताको मन जित्ने गरी काम गर्ने प्रतिवद्धता प्रकट गरे ।

    निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार चन्दन कृृष्ण श्रेष्ठले सुखी नेपाली र संम्वृद्ध नेपालको नारालाई पुरा गर्न आफूहरू चुनावी मैदानमा उत्रिएको उल्लेख गरे ।

    उक्त अवसरमा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रहेका निवर्तमान जिसस प्रमुख नवराज गेलालले आफूले जिसस प्रमुख हुँदा गरेका कामको फेयरिस्त प्रस्तुत गर्दै निर्वाचित भएपछि गर्ने कामको कार्य योजना प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ का उम्मेदवार मोहनवीर श्रेष्ठ र ‘ख’ का उम्मेदवार नारायण सुन्दर सिन्तकलाले समेत आफ्नो चुनावी एजेन्डा सुनाएका थिए ।

    प्रेस चौतारी भक्तपुरका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजा, प्रचार विभाग प्रमुख निरञ्जन बजगाई, समानुपातिक उम्मेदवारहरु लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...