News Portal

  • निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया सम्पन्न, मुख्य निर्वाचन अधिकृतले गरे भक्तपुरको प्रशंसा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ कार्तिक २०७९
    ६८३ पटक
    gopal prasad bastola judgeभक्तपुर, २ कार्तिक २०७९

    आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको आचार संहिताबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले मंगलवार राजनीतिक दलका प्रतिनिधि र पत्रकारसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

    उक्त अवसरमा मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले भक्तपुरमा राजनीतिक दलहरुबीच सौहार्दपूर्ण मित्रता रहेको बताए । अन्य जिल्लामा रहँदा राजनीतिक दलहरुबीच तिक्ततापूर्ण सम्बन्ध देखेको स्मरण गर्दै उनले भक्तपुरमा दलहरुबीच स्वच्छ प्रतिस्पर्धा पाएको भन्दै नेतृत्वको प्रशंसा गरे ।

    मुख्य निर्वाचन अधिकृत बास्तोला जिल्ला अदालत भक्तपुरका मुख्य न्यायाधिश हुन् । बास्तोलाकै नेतृत्वमा गत स्थानीय निर्वाचन भक्तपुरमा सहज र विश्वसनीय ढंगले सम्पन्न भएको थियो । देशैभरमा नगरपालिकाको पहिलो मतपरिणाम भक्तपुरबाट आएको थियो भने जिल्ला समन्वय समितिमा गोलाप्रथाबाट सबै पदाधिकारी निर्वाचित हुँदा पनि निर्वाचन परिणामको विषयलाई लिएर दलहरुले कुनै टिकाटिप्पणी गरेका थिएनन । उनी यसवापत सम्मानित समेत भएका थिए । गत स्थानीय निर्वाचनको अनुभवले आफूहरुलाई आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न थप साथ् र सहयोग मिल्ने उनले विश्वास समेत व्यक्त गरेका छन् ।

    कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बास्तोलाले दलहरुले नै आचारसंहिता बनाएकोले यसको पालना गर्नु उनीहरुको कर्तब्य भएको भनेका थिए । आचार संहिता पालनाको अवस्था सुधारोन्मुख रहेको उल्लेख गर्दै उनले यस सम्बन्धी सचेतना जगाउदै व्यवहारमा लागू गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

    उनले मतदाता शिक्षाको लागि निर्वाचन आयोगको काम गराई प्रति भने असन्तोष व्यक्त गरे । आयोगले निर्वाचन घोषणा भएपछि मात्र मतदाता शिक्षाको कुरा गर्नु भन्दा अरु समयमा पनि मतदाता शिक्षाको काम गर्नु प्रभावकारी हुने उनले प्रष्ट पारे ।

    कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बास्तोलाले निर्वाचन सफल बनाउन पत्रकार र संचारमाध्यमको महत्वपूर्ण भूमिका हुने भन्दै पत्रकारलाई निर्वाचन सम्बन्धी सूचना प्रवाहमा आवश्यक सहयोग र सहजिकरण गर्ने प्रतिवद्धता पनि प्रकट गरेका थिए ।

    कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन आचार संहिता पालनाबारे बनेको अनुगमन संयन्त्र बारे जानकारी गराउदै यसको कार्यविधिबारे बताइन । आचार संहिता उल्लङ्घन भएको घटना बारे जानकारी गराउन प्रेरित गर्दै उनले सोसम्बन्धी सूचना र गुनासालाई तत्काल सम्बोधन गर्ने समेत ग्यारेन्टी गरिन ।

    अनुगमन समितिले निर्वाचनको हरेक गतिविधि अनुगमन गर्ने भन्दै कानुनको पालना गर्नु सबैको कर्तब्य भएको उनले प्रष्ट पारिन । उनले निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न शान्ति सुरक्षाको अवस्था बलियो बनाइएको बताउदै यसमा सबैको साथ् र सहयोगको समेत अपेक्षा गरेकी थिइन् ।

    उक्त अवसरमा नेकपा(एमाले)का जिल्ला अध्यक्ष बचन देउजा र नेपाली काँग्रेसका जिल्ला सचिव सुशील बस्नेतले एकअर्काको पार्टीमाथि आचार संहिता उल्लंघनको आरोप लगाएका थिए भने नेकपा(माओवादी केन्द्र)का जिल्ला सचिव जीवन तजले एउटै ड्रेस लगाउन पाउने वा नपाउने बारे जिज्ञासा राखेका थिए । त्यसैगरी राप्रपाका मुकुन्द कार्की र नेपालका लागि नेपाली लगायत दलहरुका प्रतिनिधिहरुले साना दल भन्दा ठुला दलहरु नै आचार संहिता उल्लंघनमा बढी संलग्न हुने बताए । राजनीतिक दलका प्रतिनिधिहरुले आचार संहिता बनिसकेपछि त्यो लागू गर्न सक्नुपर्नेमा समेत जोड दिएका थिए ।

    कार्यक्रममा निर्वाचन अधिकृत लोकनाथ पराजुलीले निर्वाचन आचार संहिता पालना गर्न अरुले भन्नु भन्दा सरोकारवाला आफै सजग हुनुपर्नेमा जोड दिए । आचार संहिताका बुँदाबारे प्रस्तुतीकरण मार्फत जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले व्याख्या गरेका थिए ।

    उक्त अवसरमा जिसस प्रमुख ईश्वरबहादुर थापा, सूर्यविनायक नगर प्रमुख वासुदेव थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...

    भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना : एकको निधन, दुई दर्जन घाइते

    भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान...

    डीपी ढकालको पुस्तकमाथि बौद्धिक नेताहरूबीच बहस

    काठमाडौ । नेपाल संवैधानिक रूपमै समाजवाद उन्मुख भएपनि समाजवादको स्पष्ट बाटो बन्न नसकेको नेता एवं...

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...