News Portal

  • अघिअघि थापा पछिपछि बस्नेत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ कार्तिक २०७९
    ३५६ पटक
    भक्तपुर, २६ कार्तिक २०७९

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि २ दर्जन बढी उम्मेदवार रहेपनि २ जना उम्मेदवारबीच घम्साघम्सी रहेको देखिन्छ । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेस सभापति दुर्लभ थापा र एमालेका तर्फबाट उम्मेदवार रहेका निवर्तमान सांसद महेश बस्नेतबीच घम्साघम्सी देखिएको हो ।

    शनिवार बिहान आफ्नो गाउँ कटुन्जेमा सम्पन्न चुनावी सभा बाट उत्साहित गठबन्धनका उम्मेदवार दुर्लभ थापालाई उनकै गाउँमा साँझ पुगी बस्नेतले चुनौती दिएका छन् । यस अघि बस्नेतको गाउँ गुन्डूमा एमालेको घरदैलोकै दिन गठबन्धनले पनि घरदैलो कार्यक्रम राखेको थियो ।

    स्थानीय निर्वाचनको मतपरिणामले कुनै चमत्कार नभए गठबन्धनका थापा र एमालेका बस्नेत बीच नै प्रतिस्पर्धा रहेको पुष्टि गर्दछ । त्यसैले एक अर्काको मत खोस्न पनि मतदातालाई आकर्षित गर्नुको बिकल्प यी दुई उम्मेदवारसंग छैन । अघिल्लो निर्वाचनमा माओवादी केन्द्र र काँग्रेसको असन्तुष्ट समूहको समेत साथ् पाएका एमाले उम्मेदवार बस्नेतलाई अहिले आफ्नै पार्टीको समेत पुरै मत प्राप्त हुने अवस्था छैन । एमालेबाट फुटेर एकीकृत समाजवादी बनेका मतदाताहरुको मत गठबन्धका उम्मेदवार दुर्लभ थापातर्फ गएको छ । तर, पूर्व मन्त्री र सांसदको रुपमा महेश बस्नेतले मतदातासंग बनाएका सम्बन्ध उनले पूंजीका रुपमा थपेका छन् । गठबन्धनका उम्मेदवार दुर्लभ थापाको लागि यो विषय पक्कै पनि टाउको दुखाइको विषय हो ।

    काँग्रेस जिल्ला सभापति समेत रहेका उम्मेदवार थापाले शनिवार आफ्नो गाउँ कटुन्जेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री र सांसदको रुपमा महेश बस्नेत जनताको सेवामा भन्दा बढी व्यक्तिगत सम्पत्ती आर्जनमा लागेका बताएका छन् । बस्नेतले बिकासको बहाना बनाउदै सार्वजनिक बन मास्ने, सार्वजनिक डाडो काट्ने लगायत काम गरेर प्राकृतिक सम्पती दोहन गरी व्यक्तिगत सम्पती आर्जन गरेको थापाले आरोप लगाएका छन् । अख्तियारले छानवीन गर्ने हो भने बस्नेतको जीवन जेलमा बित्ने उनले जिकिर पनि गरे ।

    साँझ कटुन्जे पुगेर काँग्रेस उम्मेदवारले सम्बोधन गरेको सभास्थल चक्रपाणी चोकमा आयोजित सभालाई एमाले उम्मेदवार बस्नेतले सम्बोधन गर्दै कांग्रेसको नेतृत्वमा १५ वर्ष भक्तपुरको जिम्मेवारी हुँदा ५ वटा कामहरु पनि नभएको दावी गरे । ”अहिले १८ महिनाको सरकारको पालामा पनि भक्तपुरमा कति रकम ल्याउनुभयो ? तपाईको सरकारबाट जनताले के पाए ? ” उनले प्रश्न गरे ।आफूले बिकासको नेतृत्व गरेको जिकिर गर्दै उनले अर्बौंको बजेट ल्याई भक्तपुरमा बिकासको बाढी ल्याएको बताए । बालकोटमा केपी बा र गुन्डूमा महेश दा हुन्जेल बिकासका लागि भक्तपुरबासीले कुनै चिन्ता लिनु नपर्ने उनको भनाइ छ ।

    काँग्रेस उम्मेदवार थापाले भने एमाले उम्मेदवार बस्नेतले भ्रमको खेती गरिरहेका बताएका छन् । बस्नेतका कारण भक्तपुरकै बद्नाम भैरहेको भन्दै बस्नेतले बिकासका कुरा जनतालाई अल्मल्याउन गरिरहेका थापाले आरोप लगाए । कटुन्जेमा आयोजित सभामा शनिवार उनले मतदातासमक्ष अनुरोध गर्दै भने, ” हामी लोकतन्त्रमा बिस्वास गर्छौं । महेश बस्नेतलाई प्रश्न गर्नुहोस, उनले सहि जवाफ दिए भने उनैलाई भोट दिनुहोला तर, गफकै भरमा भ्रममा रहेर कदापी भोट नखसाल्नुस ।” आफ्नो गाउँ कटुन्जेमा थापाले आफ्नो बिगत कोट्याउदै र संविधान सभा सदस्य स्वर्गीय रामेश्वर ढुंगेललाई स्मरण गर्दै गरेको सम्बोधनले स्थानीय भावविह्वल भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    गृहमा रविले नसकेको रेकर्ड राख्न श्रेष्ठ सफल : पहिलो निर्णयले नै जोगियो देशको दैनिक पाँच लाख

    गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा गृहमन्त्री र गृहसचिवले खर्च गर्न पाउने...

    अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ...

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...