News Portal

  • बंगलादेशसँग मिलेर नेपालले पहिलो पटक यु-१९ क्रिकेट विश्वकप आयोजना गर्ने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ कार्तिक २०७९
    ३४३ पटक
    भक्तपुर, २७ कार्तिक २०७९

    नेपालले पहिलो पटक बंगलादेशसँग मिलेर यु-१९ महिला क्रिकेट विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएको छ ।

    आइतबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ मा यू-१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेसंगै नेपालले विश्वकप आयोजना गर्ने मौका पाएको हो ।

    जसमा नेपालले बंगलादेशसँग मिलेर यू-१९ महिला टी२० विश्वकपको आयोजना गर्नुपर्नेछ।

    २०२४ को यू-१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु १९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् ।

    यस्तै सन् २०२५ को यू१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु-१९ महिला टी२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन् ।

    गत जेठमा आइसिसी यू१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो । २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू१९ महिला टी२० विश्वकप आयोजना हुन लागेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...