News Portal

  • सांसदलाई ठेकेदार बनाउने सांसद बिकास कोष खारेज गर्न पहल गर्छु : दुर्लभ थापा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ कार्तिक २०७९
    ३७४ पटक
    भक्तपुर, २९ कार्तिक २०७९

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उम्मेद्वार रहेका नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले यस क्षेत्रबाट निर्वाचित काँग्रेस नेता रामेश्वर ढुंगेलले बनाएको संविधान निवर्तमान सांसद महेश बस्नेतले मास्न खोजेको बताएका छन् । जनताले दिएको जिम्मेवारी पुरा गर्दै संविधान बनाउने काममा ढुंगेल सत प्रतिसत सफल भएका भन्दै उम्मेदवार थापाले निवर्तमान सांसद बस्नेत एमाले अध्यक्ष केपी ओलीको मतियार भएर संविधान मास्न लागिपरेका बताएका हुन् ।

    मंगलवार भक्तपुरका पत्रकार संग कुरा गर्दै उम्मेदवार थापाले एमालेका भ्रम र झुट्टा आश्वासनमा अब जनता नअल्झने स्पष्ट पार्दै संविधान रक्षा, सुशासन र समृद्धिका लागि लोकतान्त्रिक बाम गठबन्दन प्रति देशव्यापी लहर देखिएको दावी गरे । ओली सरकारको उपद्रो ऐना झैँ झर्लंग रहेको उल्लेख गर्दै उनले लोकतन्त्रप्रति निष्ठावान जनताले यसपटक एमालेलाई सबक सिकाउने बताए ।

    भक्तपुरमा आफ्नो क्षेत्रलाई धेरैले चासोका साथ् हेरिरहेका बताउदै उम्मेदवार थापाले लोकतन्त्रको रक्षकको रुपमा आफ्नो उम्मेद्वारी रहेकाले जित्ने जिकिर गरे । गत स्थानीय निर्वाचनको मतादेश, पार्टीभित्रको एकता र गठबन्धनरत दलहरुको प्रतिवद्धताले पनि आफ्नो जीत सहज भएको उनको भनाइ छ ।

    निवर्तमान प्रतिनिधि सभा सदस्य एवं एमालेका उम्मेदवार महेश बस्नेतले बिकासका गफ हाकेर मत आकर्षित गर्नखोजेपनि मतदाताले उनका कुरा नपत्याएका थापाले दावी गरे । निवर्तमान सांसद बस्नेतले स्थानीय सरकारले गर्ने काममा नरिवल फोड्ने र रिबन काट्ने काम मात्र गरेका उनको भनाइ छ । ” उहाँले नै ढल, भवन गरेका भए यहाँका मेयर, उपमेयर र वडाध्यक्षहरुले केही काम गरेनन भन्ने अर्थ हुन्छ ।” उनले भने ।

    स्थानीय सरकार बनिसकेपछि बिकास निर्माणमा स्थानीय सरकारलाई सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए । संविधानले प्रदान गरेका गास, बास, कपास,स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता धेरै मौलिक हक उपभोग गर्न कानुन नबनेको बताउदै उम्मेदवार थापाले त्यस्ता कानुनलाई जनताको अधिकत्तम हित हुने गरी निर्माण गर्न आफ्नो योगदान रहने प्रष्ट पारे । आफूले भक्तपुरमा शिक्षाको हब बनाउन र स्वास्थ्य प्रतिष्ठान स्थापना गर्न पहल गर्ने उनले बताए ।

    उनले सांसदलाई ठेकेदार जस्तो बनाउने सांसद बिकास कोषको बजेट खारेज गर्न पहल गर्ने समेत प्रष्ट पारे । ” भक्तपुरमा हामीले सडकमाथि झुलुङ्गे पुल बनाएको पनि देख्यौ, त्यस्तो कोष जनतालाई चाहिएको छैन ।” उनले भने ।

    आफू निर्वाचित भएपछि मतदाताको शीर झुक्नेगरी कुनै आचरण, व्यवहार र काम नगर्ने उल्लेख गर्दै उनले जीतपछि भक्तपुरका सबै राजनीतिक दलहरुसंग समन्वय र सहकार्य गर्दै अघि बढ्ने समेत बताए । ‘

    कार्यक्रममा उक्त क्षेत्रका प्रदेश सभा १ सूर्यविनायक क्षेत्रका लोकतान्त्रिक बाम गठबन्धनका रुख चिह्नबाहक उम्मेदवार विष्णुराज कार्कीले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गरी पर्यटन प्रवर्धन गर्ने, सार्वजनिक विद्यालयको शिक्षाको अवस्था सुधार गर्ने र प्राविधिक शिक्षाको बिकास गर्ने, आधारभूत स्वास्थ्य सेवाको सुनिस्चितता गर्ने कृषी र स्वरोजगार मूलक प्रवर्धन गर्ने लगायत नीति लिएको उल्लेख गर्दै आफूले प्भ्रश्ताचार नगर्ने र गरं पनि नदिने प्रतिवद्धता प्रकट गरे ।
    त्यसैगरी प्रदेश सभा-२ मध्यपुर थिमी क्षेत्रका कलम चिह्न बाहक उम्मेदवार डा राजेन्द्रमान श्रेष्ठले आफूले अघिल्लो कार्यकालमा मध्यपुरका साना साना समस्यालाई समेत महत्व दिएर समाधान गरेको र कतिपय समस्या समाधान उन्मुख रहेको उल्लेख गर्दै आफू जनताको शासक नभई सिपाही भएर जनताको हितमा लागिपरेको बताए ।

    नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति भेष बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा समाजवादीका जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेत, नेकपा माओवादी केन्द्रका नेता कृष्णलाल गोजा, प्रेस युनियन भक्तपुरका अध्यक्ष रोशन शिल्पकार लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको संचालन प्रेस युनियन भक्तपुरका सचिव सुन्दर सिल्पकारले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...