News Portal

  • जनताले नुनको बदला नुन, गुनको बदला गुन गर्छन् : बस्नेत

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ कार्तिक २०७९
    २७४ पटक
    भक्तपुर, २९ कार्तिक २०७९

    नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले जनताले गुनको बदला गुन र नुनको बदला नुन नै दिने बताए । आफूले भक्तपुरमा बिकासको बाढी ल्याएको बताउदै उनले मतदाताले आफूलाई मतदान गर्ने बिश्वास ब्यक्त गर्दै सोकुरा बताएका हुन् ।
    बोडेमा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले जिल्लामा एमालेले चार वर्षमा गरेको विकास र समृद्धिको ऐतिहासिक कार्यहरु देखेर गठबन्धनका दलहरुको ढाडमा लुतो आएको समेत टिप्पणी गरे । “गठबन्धनका नेताहरुलाई लुतो लागेको छ । जिल्लामा एमालेको नेतृत्व कालमा गरेको विकास हेर्नू भन्दा उनीहरू लुतो कन्याउनमै ब्यस्त बनेका छन् ।” उनले भने । भक्तपुरमा कांग्रेसले १५ वर्ष र नेपाल मजदुर किसान पार्टीले १० वर्ष नेतृत्व गर्दा सिंहदरवारबाट नजिक रहेको जिल्लामा रहेका जनताले विकास देख्न नपाएको दावी गर्दै नेता बस्नेतले एमालेको नेतृत्वको करिव चार वर्ष भक्तपुरको इतिहासकै सवैभन्दा बढी भौतिक पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, ढल, वातावरण संरक्षण तथा सम्बद्र्धन, भ्रष्टाचार नियन्त्रण, शुसासनलगायतका कार्यहरु भएको दावी गरे ।
    “उपत्यका भित्रकै जिल्ला भएपनि जनताले जनप्रतिनिधि भएको आभास गर्न पाएनन् । सदनमा जनताको आवाज उठेन ।” उनले भने । मंसिर ४ पछि जनताको लागि समेत लुतो बनेका ती पार्टीहरु भक्तपुरबाट विदाई हुने उनको भनाइ छ ।एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सम्पदा झल्कने, आधुनिकता टल्कने अभियान चलाएको उल्लेख गर्दै उनले मध्यपुरमा आधुनिकता टल्कने नेतृत्व महेश बस्नेतले गरेको र सम्पदा झल्कने प्रकारको नेतृत्व पूर्व मेयर मदनसुन्दर श्रेष्ठले गरेको जिकिर गरे । कांग्रेसले बेचेका सार्वजनिक जग्गाहरु फिर्ता ल्याउने अभियानमा एमालेले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उनले भक्तपुरको कला संस्कृति र परम्परालाई जोगाउन एमालेको साथ र सहयोग निरन्तर रहिरहने । जनताले विकास हेर्न चाहेको उल्लेख गर्दै नेता बस्नेतले जनताले ‘गुनको बदला गुन, नुनको बदला नुन’ नै दिने बिश्वास ब्यक्त गरे । व्यक्तिगत समस्यामा समेत एमाले जनताको साथमा रहेको उल्लेख गर्दै उनले थोत्रा मुद्धाहरु लिएर गठबन्धनका दलहरु जनताको विचमा ठग्ने, झुक्याउने र भ्रममा पार्ने तरिकाले आएकाले राष्ट्रवादी भक्तपुरका जनताले सचेत भएर मतदान गर्न आग्रह गरे ।
    कार्यक्रममा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार गोविन्द दुलाल, एमाले बागमती प्रदेश कमिटी सदस्य मदन सुन्दर श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजा, क्षेत्र नं. २ ‘ख’ प्रदेशसभाका एमाले उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, समानुपातिक उम्मेदवार शकुन्तला श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराई, एमाले बागमती प्रदेश सदस्य शशी जंग थापा, अखिल नेपाल महिला संघ भक्तपुरको अध्यक्ष उत्तरा नेपाललगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...