News Portal

  • मौन अवधि शुरु हुनु अघि एमालेले तल्लो स्तरको चरित्र देखायो : कांग्रेस

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ मङ्सिर २०७९
    ४४८ पटक
    भक्तपुर, १ मङ्सिर २०७९

    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार्ने निश्चित भएपछि नेकपा एमाले तल्लो स्तरको चरित्र प्रदर्शन गर्दै गाली गलौज र आरोपमा उत्रिएको नेपाली कांग्रेस भक्तपुरले जनाएको छ । मौन अवधि शुरु हुनु अघि एमाले उम्मेदवार महेश बस्नेतको मुखपत्रको रुपमा रहेको एक अनलाइन मार्फत एमाले गाली गलौज जस्तो तल्लो स्तरको राजनीतिमा उत्रिएको नेपाली कांग्रेसले एक विज्ञप्ती जारी गर्दै जनाएको हो ।
    भक्तपुरमा तेब्बर मतान्तरले जित्ने दावी गर्दै आएका बस्नेत चुनाव हार्ने निश्चित भएपछि कांग्रेस र उसका उम्मेदवारको चरित्र हत्यामा उत्रेको कांग्रेसको ठहर छ । बुधवार अबेर एमाले निकट एक अनलाइनले ” भक्तपुर कांग्रेसको बाहिरियो ‘काण्डैकाण्ड’ शिर्षकमा समाचार छापेपछि कांग्रेसले यसलाई हारको मानसिकता भएको बताएको छ ।

    कांग्रेसले आरोपको तथ्यसहित खारेज समेत गरेको छ । मौन अवधीको फाइदा उठाउदै विपक्षी उम्मेदवारको चरित्र हत्या गर्ने उद्देश्यले प्रायोजित रुपमा अनेक लाञ्छना लगाउने कार्यमा एमाले र उम्मेदवार महेश बस्नेत लागि परेको बताउँदैं त्यस्ता तल्लो स्तरको गैरराजनीतिक क्रियाकलापमा उत्रेका दल र तीनका उम्मेदवारलाई मंसिर ४ गते आफ्नो अमूल्य मत मार्फत गतिलो जवाफ दिन कांग्रेसले आम मतदातालाई आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...