News Portal

  • मदिरा बिक्रीवितरण र सेवन नगर्न भक्तपुर सिडिओको निर्देशन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ मङ्सिर २०७९
    ७०२ पटक
    भक्तपुर, २ मङ्सिर २०७९

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी सरकारले मदिरा बिक्रीवितरण, ओसारपसार र सेवनमा निषेध गरेको छ । बुधबार राती १२ बजेदेखि यो ब्यवस्था लागू गरिएको हो ।                                                                              जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक सूचना जारी गरी मदिरा बिक्रीवितरण, ओसारपसार र सेवन नगर्न निर्देशन जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा घिमिरेद्वारा प्रेषित सूचनामा निर्वाचन नसकिएसम्म र मतगणना स्थल वरपर गणना नसकिएसम्मका लागि मदिरा बिक्रीवितरण, ओसारपसार र सेवन गर्न निषेध गरिएको छ ।                                                                                                          प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्देशन कडाइका साथ लागू गरिने जानकारी गराइन । निर्देशन अवज्ञा गर्नेलाई कडा कार्वाही गरिने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरब्यापी आमन्त्रित व्याडमिन्टनमा बस्नेत र श्रेष्ठको जोडी विजयी

    प्रथम जिल्लाव्यापी आमन्त्रित व्याडमिन्टन प्रतियोगिताको उपाधि चन्द्र–वैभव व्याडमिन्टन क्लवका दिपक बस्नेत र युवराज श्रेष्ठले जितेका...

    सरकारलाई प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण पत्र

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाढी, पहिरो,...

    नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

    नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल...

    विश्व शिक्षक दिवसमा भक्तपुरका ९ शिक्षकलाई सम्मान

    विश्व शिक्षक दिवस (अक्टोबर-5) को अवसरमा भक्तपुरमा  शिक्षकहरूलाई सम्मान गरिएको छ । वि क्यान एजुकेशनल...

    निर्माण अघि भौगर्भिक अध्ययन जरुरी : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन...