News Portal

  • भक्तपुरको निर्वाचनमा २ हजार २ सय १८ सुरक्षाकर्मी, १ हजार ७ सय ७६ कर्मचारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ मङ्सिर २०७९
    ५१० पटक
    भक्तपुर, २ मङ्सिर २०७९

    भक्तपुरमा भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न २ हजार २ सय १८ सुरक्षाकर्मी तैनाथ गरिएका छन् । ८ सय ८६ जना म्यादी प्रहरीसहित जिल्लामा २ हजार २ सय १८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनाएकी हुन् ।

    शुक्रवार संचारकर्मीसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लास्थित २ सय २२ मतदान केन्द्रमा मतदान गराउनका लागि १ हजार ७ सय ७६ कर्मचारी खटाइएको पनि जानकारी गराइन । कर्मचारीहरु अनुभवी र तालिमप्राप्त भएकाले सहजै निर्वाचन सम्पन्न गरिने उनले विश्वास व्यक्त गरिन । निर्वाचनलाई शान्तिपूर्ण, भयरहीत र उत्साहपूर्वक सम्पन्न गर्न सबै सुरक्षा निकायलाई उच्च सतर्कतासहित तयारी अवस्थामा राखिएको उनको भनाइ छ । यद्यपी, भक्तपुरमा सुरक्षा चुनौती नरहेको उनले जिकिर गरिन ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेकाले मतदातालाई निर्धक्क भएर उत्साहपूर्वक मतदानमा सामेल भई मताधिकार प्रयोग गर्न प्रेरित समेत गरेकी छन् । ” हामी शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयारी अवस्थामा छौं’, उनले भनिन्, ’भयरहीत वातावरणमा निर्धक्क भएर उत्साहपूर्वक मताधिकार प्रयोग गर्न आह्वान गर्दछौं ।”

    प्रजिअ शर्माले जिल्लामा आचारसहिताको पूर्णपालना भएको भन्दै यसका लागि राजनीतिक दल र संचारकर्मीको साथ् र सहयोगप्रति आभार प्रकट गरिन । मौन अवधिमा र मतदानका दिन समेत सबैको साथ् सहयोग प्राप्त हुने उनले अपेक्षा गरिन । मतदातालाई दबाब र प्रभाव पारिएको सूचना पाए जानकारी गराएर सहयोग गर्न समेत उनले आग्रह गरेकी छन् । निर्वाचन आयोगले बन्देज लगाएका क्रियाकलाप नगर्न र नगराउन सूचना जारी गरिएको र त्यसको पालना नभए कानुन बमोजिम कारवाही गरिने उनको भनाइ छ ।

    उनका अनुसार मतदानको दिन बिहान ४ बजे देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएका बाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक र पास पाएकाहरुले पनि आफ्नो प्रयोजन बिपरित मतदाता ओसारपसारमा संलग्न भए कारवाही गरिने उनले चेतावनी दिएकी छन् । जिल्लामा त्यस दिन यातायात व्यवस्थापन र अनुगमनका लागि छ सदस्यीय समिति बनाइएको उनले बताइन । संचारकर्मीलाई समाचार संकलनमा सहजताको लागि संचार गृहको आधिकारिक परिचय पत्रलाई पनि मान्यता दिइने उनले बताइन ।

    त्यस्तै मंसिर १ गते राति १२ बजे मौन अवधी शुरु भए देखि नै मतदान नसकिए सम्मका लागि जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरण ओसारपसार र सेवनमा रोक लगाइएको उनको भनाइ छ । मतगणना स्थल वरपरका स्थानमा भने गणना नसकिए सम्मका लागि मदिरा निषेध गरिएको उनले जानकारी गराइन ।

    प्रजिअ शर्माले जिल्लामा १० वटा मतदान केन्द्र अपांगता मैत्री बनाइएको बताइन । जसअन्तर्गत क्षेत्र नम्बर १ को भक्तपुरमा ५ र चाँगुनारायणमा एउटा गरी छ वटा केन्द्रलाई अपांग मैत्री बनाइएको बताइएको छ । त्यसैगरी क्षेत्र नम्बर २ को सूर्यविनायकमा ३ र मध्यपुर थिमिमा एउटा गरी ४ वटालाई अपांग मैत्री बनाइएको छ ।

    भक्तपुरमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । कूल १ लाख ९४ हजार ४ सय ३९ जना मतदाता रहेकामा महिलाको संख्या ९९ हजार ७ सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य ५ जना रहेका छन् । मतदानका लागि जिल्लामा २ सय २२ वटा मतदान केन्द्र तोकिएका छन् । कर्मचारीहरुको लागि भक्तपुरमा एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ जहाँ समानुपातिकतर्फको मात्रै मतदान हुने बताइएको छ ।

    सोही अवसरमा निर्वाचनमा महिलाको अवस्थाबारे बुझ्न भक्तपुर आएकी राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले भक्तपुरमा पुरुष भन्दा महिला मतदाता बढी भएकोमा सन्तोष व्यक्त गरिन । जिल्लाको सिडिओ समेत महिला भएकोले सुरक्षाकर्मी र कर्मचारी खटाउदा महिलालाई प्राथमिकता दिइएको प्रति उनले खुशी प्रकट गरिन । निर्वाचनलाई महिला सशक्तिकरणको औजार बनाउन संचार क्षेत्रले थप योगदान गर्ने अपेक्षा प्रकट गर्दै उनले भक्तपुरको निर्वाचनमा महिलाको अवस्थाबारे संचारकर्मीसंग समेत जानकारी लिएकी थिइन् । कार्यक्रममा अध्यक्ष पराजुलीले आयोगका केहि प्रकाशन नेपाल पत्रकार महासंघ भक्तपुरका लागि सचिव संजीप घिमिरे शुभचिन्तकलाई हस्तान्तरण समेत गरिन । उक्त अवसरमा सहायक प्रजिअ माधवप्रसाद शर्मा घिमिरे,  जिल्ला प्रहरी परिसर प्रमुख प्रजित केसी, जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्र न्यौपाने, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति लगायतको उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...