News Portal

  • प्रमुख निर्वाचन आयुक्तको लौहकिन्थलीस्थित मतदान केन्द्रमा खस्यो ६७.१४ प्रतिसत मत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ मङ्सिर २०७९
    ५८३ पटक
    भक्तपुर, ४ मङ्सिर २०७९

    भक्तपुरमा ७२.१९ प्रतिसत मत खस्दा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको मतदान केन्द्रमा ६७.१४ प्रतिसत मत खसेको छ । थपलियाले मतदान गरेका निर्वाचन क्षेत्र नम्बर २ को मध्यपुर थिमी १ स्थित युनिक नेपाल एकेडेमीमा ६७.१४ प्रतिसत मत मात्र खसेको हो ।

    कूल ५ हजार १ सय ९० मतदाता रहेका यो केन्द्रबाट ३ हजार ४ सय ८५ मतदाताले मात्र मत खसालेका हुन् । यहाँ यो केन्द्र सबैभन्दा कम मत खसेको केन्द्र भने होइन । मध्यपुर थिमीकै नगरपालिका परिसर केन्द्रमा ६५ प्रतिसत मात्र मत खसेको छ ।

    २ सय २० मतदान केन्द्र रहेको भक्तपुरमा सबैभन्दा बढी मत भने निर्वाचन क्षेत्र नम्बर १ को भक्तपुर नगरपालिका स्थित ख्वप इञ्जिनियरिङ्ग कलेज मतदान केन्द्रमा खसेको छ । यहाँ ८० प्रतिसत मतदाताले मत हालेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...