News Portal

  • जीत नजिक दुर्लभ थापा(पछिल्लो मतपरिणाम सहित)

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ मङ्सिर २०७९
    १२७२ पटक
    भक्तपुर, ७ मङ्सिर २०७९

    भक्तपुर-२ को प्रतिनिधि सभा तर्फ नेकपा (एमाले) उम्मेदवार रहेका पूर्व मन्त्री महेश बस्नेतलाई पछि पार्दै गठबन्धन तर्फका साझा उम्मेदवार कांग्रेस जिल्ला सभापति दुर्लभ थापा जीत नजिक पुगेका छन् । करिब ९३ प्रतिसत मतगणना भइसक्दा उनले ६ सय ८८ मतको अग्रता कायम राख्दै जीत नजिक पुगेका हुन् ।                                                                                     अघिल्लो निर्वाचनमा कांग्रेसका उम्मेदवार रहेका पूर्व सभामुख दमननाथ ढुङ्गानालाई दोब्बर मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्य बन्न सफल एमाले उम्मेदवार बस्नेत यस पटक भने एक पटक पनि अघि बढ्न सकेका छैनन् । १४ औं पटक मतपरिणाम सार्वजनिक हुँदा बस्नेतले एकपटक पनि थापालाई उछिन्न सकेनन् । तर तीन अङ्कको झिनो मतान्तर कायम राख्दै उनले हरेक पटक कांग्रेसलाई चुनौती भने दिइरहेका छन् ।                                                                                           पछिल्लो मतपरिणाम साझ ७:३० अनुसार थापाले २२ हजार ६ सय ९४ मत पाउदा बस्नेतले २२ हजार ६ मत पाएका निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटर न्हुज किजुले भक्तपुर पोस्टलाई जानकारी गराएका छन् ।                                     अब ४ हजार ७ सय ९४ मत मात्र गन्न बाकी रहेको बताइएको छ ।  गन्न बाकी मत मथ्यपुर थिमिका मतदान केन्द्रका मात्र भएका र स्थानीय निर्वाचनको नतिजा विश्लेषण गर्दा कांग्रेस उम्मेदवार दुर्लभ थापाले जीत हासिल गर्ने निश्चित प्रायः रहेको बिश्लेशकहरुले बताएका छन् । यस निर्वाचन क्षेत्रमा ६५ हजार ९ सय १९ मत खसेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...